मध्यपहाडी लोकमार्गको काम द्रुतगतिमा अघि बढाउन सुझाव

मध्यपहाडी लोकमार्गको काम द्रुतगतिमा अघि बढाउन सुझाव

पाँचथरः व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग र यस लोकमार्गसँग जोडिएको फिदिम नमुना सहरको काम द्रुतगतिमा अघि बढाउन सुझाव दिएको छ ।

मेची अञ्चलका पहाडी जिल्लाको सडक पूर्वाधार तथा स्थानीय विकास निर्माण आयोजनाको अनुगमन गर्ने क्रममा फिदिम आइपुगेको समितिको टोलीले यस्तो सुझाव दिएको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीले मध्यपहाडी पुष्पलाल लोकमार्गअन्र्तगत फिदिमस्थित जोरसालदेखि तमोर नदीसम्म कालोपत्रे निर्माणका क्रममा भत्किन थालेको भन्दै सडक डिभिजन कार्यालयका प्रमुखलाई राम्रोसँग निगरानी गर्न निर्देशन दिए ।

यस्तै लोकमार्गले पाँचथर सरदमुकाम फिदिम पनि छुने भएको हुँदा यस क्षेत्रमा सर्वपक्षीय, सर्वदलीय बैठक गरेर गुरुयोजना बनाउन निर्देशन दिए ।

कार्यक्रममा नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले सडक डिभिजन कार्यालय र विद्युत प्राधिकरणको स्टेसन फिदिममा राख्नुपर्ने धारणा राखेका छन् ।

एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ सहरको रुपमा विकसित फिदिम बजार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेको भन्दै यसको गुरुयोजना बनाएर द्रुतरुपमा अघि बढाउन माग गरे ।

टोलीले यही मङ्सिर ६ देखि ११ गतेसम्म मेची अञ्चलका इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको सडक पूर्वाधारलगायत विकास निर्माण आयोजनाको बारेमा अनुगमन गर्नेछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.