दुर्घटनामा घाइते केसीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री अस्पतालमा

दुर्घटनामा घाइते केसीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री अस्पतालमा

काठमाडौं: माइक्रोबस दुर्घटनामा घाइते राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बिमलेन्द्र निधि अस्पताल पुगेका छन् ।

सिनामंगलको मेडिकल कलेजमा उपचार गराइरहेका केसीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री निधिले जानकारी लिएका हुन् ।

मन्त्री निधी केसीको स्वास्थ्य अवस्था बुझ्न बुधबार साँझ अस्पताल पुगेका हुन् । ७६ बर्षीय नेता केसीको टाउकोको पछाडि सामान्य चोट लागेको छ ।

भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका छन् । केसीको उपचारमा संलग्न चिकित्सकले दुई दिनमै केसीको डिस्चार्ज हुने बताएका छन् ।

बुधबार बिहान पार्टीको बैठकमा भाग लिन माइक्रोबस चढेर गौशालाबाट चाबहिलतर्फ जाँदै गर्दा केसी चढेको बस दुर्घटनामा परेको थियो । गृहमन्त्री निधिसँगै केसीको स्वास्थय अवस्था बुझ्न प्रहरी महानिरीक्षक  (आइजिपी) उपेन्द्रकान्त अर्याल समेत अस्पताल पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.