‘कोर कम्पिटेन्स' भएको क्षेत्रमा लगानी गर्छाैं
नब्बेको दशकमा उदाएको विशाल समूह ‘ट्रेडिङ बिजनेस' मा जमेको घराना हो । वित्तीय संस्थामा ठूलो लगानी रहेको यो समूहले पछिल्लो समय म्यानुफ्याक्चरिङ र हस्पिटालिटी बिजनेसमा पनि आक्रामक रूपमा लगानी गर्न थालेको छ । चिनी मिलमा हात हालेको छ । नगरकोटमा लक्जरी बुटिक रिसोर्ट खोल्दैछ । सिमेन्ट र शिक्षामा लगानी गरिसकेको छ । लगानीका लागि समूहले नेपालमा कोर कम्पिटेन्स भएका क्षेत्रहरू रोजेको छ । उत्पादन र सेवा क्षेत्रमा लगानी गरिरहेको समूहका प्रबन्ध निर्देशक अनुज अग्रवालसँग अन्नपूर्णकर्मी नविन अर्यालले गरेको कुराकानी ।
गोल्छा समूहले सञ्चालन गरिरहेको श्रीराम र इष्टर्न चिनी मिलमा विशाल समूह साझेदार बन्यो, अब समूहको फोकस म्यानुफ्याक्चरिङ क्षेत्रमा हो ?
कृषिजन्य उद्योगमा लगानीको सोच थियो, कस्तो खालको उद्योगमा लगानी गर्ने टुंगो लागेको थिएन । गोल्छा समूहले साझेदारीका लागि हात बढाएपछि हामीले ओके गरेका हौं । अझै सबैकुरा टुंगिएको छैन । चिनी उद्योग मुलुक सुहाउँदो पनि हो, स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ । एउटै उद्योगमा २०/३० हजार किसान आवद्ध हुन्छन् । लगानीका लागि एकदम उपयुक्त उद्योग हो ।
दुबै मिलको कति-कति प्रतिशत सेयर खरिद गर्नुभयो ?
छलफल जारी छ, दुबै चिनी मिलमा ‘एक्टिभ इन्भेस्टर' हुन्छौं । श्रीराम सुगर मिल पब्लिक लिमिटेड कम्पनी हो । यसमा सरकार, विदेशी र सर्वसाधारणको लगानी छ ।
हामीले ८/१० वटा क्षेत्र पहिचान गरेका छौं, ४/५ क्षेत्रमा अबस्य सफल भइन्छ । हाम्रो रोजाईंमा पर्यटन, शिक्षा, स्वास्थ्य, सिमेन्ट, चिनी, खाद्यान्न उद्योग, बियर, हाइड्रो, पूर्वाधार, रिटेललगायतका छन् । यिमध्येबाट क्रमशः लगानी गर्ने योजनामा छ । कतिपयमा हामी एक्टिभ इन्भेस्टर बन्छौं, साझेदार माइनरमा हुन्छ, कुनैमा हामी माइनरमा हुन्छौं । सबैमा एक्टिभ इन्भेस्टर भएर सफल भइँदैन । घोराही सिमेन्टमा त्रिवेणी ग्रुपसँग साझेदारी गरेका छौं । त्यहाँ हामी माइनर इन्भेस्टर हौं । सिमेन्टमा हामी लिड गर्दैनौं । शिक्षातर्फ विराटनगरमा स्कूल खोलेका छौं, अरु स्कूल खोल्ने तयारी छ । हस्पिटालिटीमा एक्टिभ इन्भेस्टर बन्दै छौं ।
भनेपछि ट्रेडिङ बिजनेसमा जमेको समूह उत्पादन र सेवामुलक क्षेत्रमा आक्रमक ढंगले लाग्दैछ ?
विविधीकरण नगरी हुन्न । आन्तरिक बजारलाई लक्षित गरेर कोर कम्पिटेन्स हुने क्षेत्रमा लगानी गर्ने हो । सेवा क्षेत्र पनि हुन सक्छ, उत्पादनमुलक र व्यापार पनि हुन सक्छ । भ्यालु एड हुने क्षेत्रमा लगानी बढाउँछौं । होटल, शिक्षा क्षेत्र लामो समयमा राम्रो हुने व्यवसाय हुन् । हामीले यसअघि खोलेको स्टिल उद्योग राम्रोसँग चलेकै हो । टाइगर यासिमा ब्याट्रि उत्पादन भइरहेको छ ।
गोल्छा अर्गनाइजेसनसँग चिनी उत्पादनमा झन्डै २० वर्षको अनुभव छ ।
यहाँ उत्पादन गर्न नसकिने बस्तु विदेशबाटै आयात गर्ने हो ।
हस्पिटालिटीमा एक्टिभ इन्भेस्टर बन्दै छौं ।
व्यापारमा नाफा फिक्स्ड हुन्छ ।
उद्योग राम्रोसँग चलाउन सकेमात्र आम्दानी हुन्छ ।
नेपालमा वैदेशीक लगानीको वातावरण छ ।
पछिल्लो समय ठूला घरानाको आकर्षण हस्पिटालिटी इन्डष्ट्रीमा देखिन्छ । हस्पिटालिटीमा धेरै ठूला घराना एकैचोटी आकर्षित हुनुको कारण के हो ?
नेपाल पर्यटनमा ठूलो सम्भावना भएको मुलुक हो । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछन् । यसले पर्यटक आगमन ह्वात्तै बढाउँनेवाला छ । त्यसका लागि तयारी त अहिलेदेखि थाल्नुपर्याे । त्यसैले धेरैजना एकैचोटी हाम्फालेको देखियो ।
सरकारको तथ्यांकले पर्यटक घटिरहेको देखाउँछ, तारे होटेलमा धमाधम लगानी बढिरहेको छ । कतै होटेलको ‘ओभर फ्लो' हुने त होइन ?
नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पूर्वाधार बनेपछि स्वतः पर्यटक आगमन बढ्छ । अहिले पनि होटेलको संख्या कम छ । भैरहवा विमानस्थल सञ्चालनमा आउने वित्तीकै भइरहेका होटेलले पुग्दैन । होटेल क्षेत्रमा व्यावसायिक घरानाका नयाँ पुस्ताहरू छिरिरहेको देखिन्छ । ‘सप्लाइ क्रियट्स डिमान्ड' भन्छन् । सप्लाइ भएपछि डिमान्ड भइहाल्छ । होटेलले नै पर्यटक तान्न थाल्छन् । होटेल भनेको तत्कालै नाफा कमाउने होइन, दीर्घकालमा कमाउने हो । द्वन्द्वमा धेरै होटेलहरू बन्द भएका थिए । अब त्यस्तो नहोला ।
उद्योग बन्द गरेर ट्रेडिङमा लाग्नेहरू पनि उत्तिकै छन् । उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो हो ?
नेपालमा उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो छ । उद्योग राम्रोसँग चलाउन सकेमात्र आम्दानी हुन्छ । तर, व्यापारमा नाफा फिक्स्ड हुन्छ । व्यापारमा जोखिम कम हुने हुँदा आकर्षण बढी नै देखिएको छ । आयातित खाद्य वस्तुहरू बिक्री गरेर धेरै कम फाइदा हुन्छ । तर, राम्रो पक्ष घाटा हुने सम्भावना कम हुन्छ ।
त्यसो त नेपालमा उद्योग चलाएर राम्रो गरिरहेका धेरै उदाहरण छन् । जगदम्बाले धेरे राम्रो प्रगति गरेको छ । उद्योग चलाउन राम्रो म्यानेजमेन्ट चाहिन्छ । उद्योगमा आफ्नो क्षमता, म्यानेजमेन्ट र रणनीतिले सफलता दिलाउने हो । व्यापार कुन ब्रान्डको एजेन्सी हो, त्यसमा भर पर्छ ।
गाडी र मोबाइल व्यापारमा हानथाप देखिन्छ नी ?
गाडी र मोबाइल ग्रोइङ इन्डष्ट्री हो । यसको व्यापार वृद्धि भइरहन्छ । मोबाइल र गाडीका प्रयोगकर्ता बढिरहेका छन् । मोबाइलको प्रयोग बढ्न थालेको छ । फोटो तथा भिडियो खिच्नेदेखि इन्टरनेट चलाउन र गेम खेल्न मोबाइल प्रयोग हुन थालेको छ । नयाँ-नयाँ टेक्नोलोजी भित्रिरहेका छन् । नेपालमा पनि महंगा मोबाइल बोक्नेहरू बढेका छन् । व्यापार बढेपछि त आकर्षण बढिहाल्छ ।
यसको सेयर संरचनामा छलफल भइरहेको छ । सुरुमा २०/२५ करोड लगानी गर्छौं । अवस्था हेरी बढाउँदै लान्छौं । गोल्छा अर्गनाइजेसनसँग चिनी उत्पादनमा झन्डै २० वर्षको अनुभव छ, नयाँ पुस्ता एक्टिभ भएको छ । पुरानो पुस्ता एडभाइजरी लेबलमा रहन्छ ।
चिनी मिलले किसानको ७० करोड रुपैयाँ बुझाउन बाँकी भएको सुनिन्छ, लफडामा पर्नु हुन्न ?
नयाँ साझेदार आउने सुनेपछि किसानहरू पनि खुसी छन्, अवस्था राम्रो होला भन्ने विश्वास जागेको छ । किसानले यथाशीघ्र भुक्तानी पाउनु पर्छ । चालीस प्रतिशतजति भुक्तानी भैसकेको छ । यसै वर्षभित्र सबै बक्यौता भुक्तानी गर्ने लक्ष्य छ । किसान ढुक्क हुने अवस्था बन्दै गएको छ । हामीले ठूलो लगानी गर्ने छौं नै, गोल्छा अर्गनाइजेसनले पनि थप लगानी गरेको छ । लगानी बढाउन बैंकसँग कुरा भइरहेको छ । किसानको बक्यौता घटाइसकेका छौं ।
विशाल समूहको चिनी उद्योगमा प्रवेशले चिनीमा आत्मनिर्भर बनिएला ?
चिनीमा करिब-करिब आत्मनिर्भर छौं । चाँडै नै हामी आत्मनिर्भर बन्न सकिएला । हाम्रो उद्देश्य पनि प्रतिस्पर्धी वस्तु मुलुकभित्रै उत्पादन गर्ने हो । नेपालमा कृषिजन्य धेरै बस्तुहरू उत्पादन गर्न सकिन्छ । यहाँ उत्पादन गर्न नसकिने बस्तु विदेशबाटै आयात गर्ने हो । सिमेन्ट, हाइड्रो, चिनीजस्ता वस्तुमा ‘जिरो टु सय' स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ । यस्ता वस्तु स्वदेशमै उत्पादन गर्नुपर्छ । घिउ÷तेलका लागि कच्चा पदार्थ आयात गर्नुपर्छ । यसमा आत्मनिर्भर बन्न सकिँदैन । यही मोबाइल उत्पादन गर्न खोजेर हुँदैन । १० हजार पर्ने मोबाइल एक लाख पर्न सक्छ । धेरै भ्यालु एड हुने बस्तु उत्पादनतर्पm लाग्नुपर्छ । बाँकी आयात गर्नुपर्छ । कम्तीमा कृषिजन्य वस्तुहरूको उत्पादन यहीँ हुनुपर्छ ।
अरु कृषिजन्य उद्योगमा पनि हात हाल्ने योजना छ ?
हामी कृषिमात्र होइन, कोर कम्पिटेन्स भएका व्यापारिक क्षेत्रमा प्रवेश गर्न उत्सुक छौं । उत्पादनमा धेरै भ्यालुु एड हुनुपर्छ । हिजो कसैले पनि कोर कम्पिटेन्स भएका उद्योग खोलेनन् । अब त्यतातिर लाग्छौं । उत्पादन सम्भव नभएका वस्तु आयातै गर्नुपर्छ ।
चिनी उद्योगमा अवसर आयो, साझेदारी गर्यौं, अरु खाद्यन्न उद्योगमा पनि अवसर आए साझेदारी गर्न तयार छौं । तर, सबैजसो खाद्यन्न उद्योगमा प्रवेश गर्ने योजना छैन । सबै क्षेत्रमा प्रवेश गरेर सफल पनि भइँदैन । यो दुनियाँको प्राक्टिस हो ।
तपाईंहरूले पहिचान गरेका कोर कम्पिटेन्स क्षेत्रहरू कुन-कुन हुन् ?
गाडीको बिक्री बढ्नु ग्रोइङ इकोनोमीको संकेत हो । जहाँ आर्थिक कृयाकलपा बढ्छ, त्यहाँ किनमेल गर्ने क्षमता बढ्छ । नेपालमा पब्लिक यातायात झुर छ । त्यसैले पनि निजी सवारी अत्यावश्यक छ । सिंगापुरजस्तो पब्लिक यातायात राम्रो भएको ठाउँमा निजी सवारी विलासी हुन सक्छ, तर नेपालमा आवश्यकता बनेको छ । त्यही भएर गाडीको व्यापार पनि बढेको छ । नयाँ-नयाँ ब्रान्ड भित्रिने क्रम बढ्दो छ । गाडीको व्यापारमा घाटा हुँदैन । जोखिम पनि कम छ । नेपालमा सडक पूर्वाधार बढेमा गाडीको व्यापार अभै बढ्छ ।
गाडी र मोबाइल बिक्री बढ्नुको कारण रेमिट्यान्स नै होला ?
रेमिट्यान्सको ठूलो योगदान छ । रेमिट्यान्स आप्रवाह बढिरहेको छ । सँगसँगै इन्फरमल इकोनोमी बढेको छ । वस्तुहरू विदेश निकासी हुन थालेको छ । पर्यटकीय गतिविधि बढिरहेका छन् । यसले पनि अर्थतन्त्र बढाउन सहयोग पुर्याएको छ । गाडीको बिक्री बढ्नुमा बैंकको फाइनान्सिङ सजिलो र उपभोक्ताको मनस्थिती परिवर्तन हुनु नै हो । हाम्रो बुवाको पालामा २० वर्ष मेहनत गरेर घर, गाडी किन्नुपथ्र्यो । हाम्रो पालामा अहिले नै घरगाडी जोडेर २० वर्ष इन्ज्वाय गर्न पाइन्छ, पैसा किस्तामा तिर्दै जान सकिन्छ । झन्डै २० वर्ष सेक्रिफाइस गरेर पाउने चीज आजै पाउँदा पक्कै पनि उपभोग बढिहाल्छ । बैंकको ऋण सस्तो छ, ऋण दिने संस्थाहरु पनि धेरै छन् ।
नेपालमा उद्योग चलाउन कठिन हो ?
कोर कम्पिटेन्स भएका उद्योग राम्रोसँग चलिरहेका छन् । उदाहरण सिमेन्ट उद्योग छ । त्यही भएर नेपाल सुहाउँदो उत्पादनमुलक उद्योगमा लगानी गर्नुपर्छ । उद्योग चलाउन श्रम र उर्जाको समस्या थियो । अहिले श्रम समस्या घटेको छ । उर्जा समस्या पनि विस्तारै घट्ने देखिन्छ । विस्तारै वातावरण राम्रो बन्दै गइरहेको छ ।
ठूला परियोजनमा विदेशी लगानी आएको देखिँदैन ? लगानीको वातावरण नबनेर हो ?
लगानीको वातावरण छ । युनिलिभर, एसबीआई, स्टान्डर्ड चार्टर्ड, एभरेस्ट, एनसेल आदि कम्पनीले राम्रो गरिरहेका छन् । यी कम्पनीले नेपालमा गरेको जति रिटर्न विश्वका कुनै मुलुकमा हुँदैन । जुन क्षेत्रमा लगानी गरे पनि उच्च रिटर्न छ । विगतको तथ्यांकले नेपालमा जति पनि लगानी भित्रियो, धेरै सफल भएको देखाउँछ । एनसेलको केसबाहेक कसैलाई लाभांश लैजान समस्या परेको छैन । सरकारले नीतिगत सुधार गरिरहेको छ । बरु किन हो, राम्रो कमाउन सकिने देशमा लगानी गर्न विदेशी नआएका ? सायद, राजनीतिक स्थिरता खोजिरहेका छन् । सरकारले विदेशी लगानी नीतिमा विदेशी लगानीकर्तालाई राम्रो व्यवहार गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको ड्राफ्ट पनि विदेशी लगानीकर्तामैत्री बनेको छ । स्वदेशी र विदेशी लगानीकर्तालाई समान सुविधा दिएपछि लगानी आउँछ ।