‘कोर कम्पिटेन्स' भएको क्षेत्रमा लगानी गर्छाैं

‘कोर कम्पिटेन्स' भएको क्षेत्रमा लगानी गर्छाैं

नब्बेको दशकमा उदाएको विशाल समूह ‘ट्रेडिङ बिजनेस' मा जमेको घराना हो । वित्तीय संस्थामा ठूलो लगानी रहेको यो समूहले पछिल्लो समय म्यानुफ्याक्चरिङ र हस्पिटालिटी बिजनेसमा पनि आक्रामक रूपमा लगानी गर्न थालेको छ । चिनी मिलमा हात हालेको छ । नगरकोटमा लक्जरी बुटिक रिसोर्ट खोल्दैछ । सिमेन्ट र शिक्षामा लगानी गरिसकेको छ । लगानीका लागि समूहले नेपालमा कोर कम्पिटेन्स भएका क्षेत्रहरू रोजेको छ । उत्पादन र सेवा क्षेत्रमा लगानी गरिरहेको समूहका प्रबन्ध निर्देशक अनुज अग्रवालसँग अन्नपूर्णकर्मी नविन अर्यालले गरेको कुराकानी ।

गोल्छा समूहले सञ्चालन गरिरहेको श्रीराम र इष्टर्न चिनी मिलमा विशाल समूह साझेदार बन्यो, अब समूहको फोकस म्यानुफ्याक्चरिङ क्षेत्रमा हो ?

कृषिजन्य उद्योगमा लगानीको सोच थियो, कस्तो खालको उद्योगमा लगानी गर्ने टुंगो लागेको थिएन । गोल्छा समूहले साझेदारीका लागि हात बढाएपछि हामीले ओके गरेका हौं । अझै सबैकुरा टुंगिएको छैन । चिनी उद्योग मुलुक सुहाउँदो पनि हो, स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ । एउटै उद्योगमा २०/३० हजार किसान आवद्ध हुन्छन् । लगानीका लागि एकदम उपयुक्त उद्योग हो ।


दुबै मिलको कति-कति प्रतिशत सेयर खरिद गर्नुभयो ?

छलफल जारी छ, दुबै चिनी मिलमा ‘एक्टिभ इन्भेस्टर' हुन्छौं । श्रीराम सुगर मिल पब्लिक लिमिटेड कम्पनी हो । यसमा सरकार, विदेशी र सर्वसाधारणको लगानी छ ।

हामीले ८/१० वटा क्षेत्र पहिचान गरेका छौं, ४/५ क्षेत्रमा अबस्य सफल भइन्छ । हाम्रो रोजाईंमा पर्यटन, शिक्षा, स्वास्थ्य, सिमेन्ट, चिनी, खाद्यान्न उद्योग, बियर, हाइड्रो, पूर्वाधार, रिटेललगायतका छन् । यिमध्येबाट क्रमशः लगानी गर्ने योजनामा छ । कतिपयमा हामी एक्टिभ इन्भेस्टर बन्छौं, साझेदार माइनरमा हुन्छ, कुनैमा हामी माइनरमा हुन्छौं । सबैमा एक्टिभ इन्भेस्टर भएर सफल भइँदैन । घोराही सिमेन्टमा त्रिवेणी ग्रुपसँग साझेदारी गरेका छौं । त्यहाँ हामी माइनर इन्भेस्टर हौं । सिमेन्टमा हामी लिड गर्दैनौं । शिक्षातर्फ विराटनगरमा स्कूल खोलेका छौं, अरु स्कूल खोल्ने तयारी छ । हस्पिटालिटीमा एक्टिभ इन्भेस्टर बन्दै छौं ।

भनेपछि ट्रेडिङ बिजनेसमा जमेको समूह उत्पादन र सेवामुलक क्षेत्रमा आक्रमक ढंगले लाग्दैछ ?

विविधीकरण नगरी हुन्न । आन्तरिक बजारलाई लक्षित गरेर कोर कम्पिटेन्स हुने क्षेत्रमा लगानी गर्ने हो । सेवा क्षेत्र पनि हुन सक्छ, उत्पादनमुलक र व्यापार पनि हुन सक्छ । भ्यालु एड हुने क्षेत्रमा लगानी बढाउँछौं । होटल, शिक्षा क्षेत्र लामो समयमा राम्रो हुने व्यवसाय हुन् । हामीले यसअघि खोलेको स्टिल उद्योग राम्रोसँग चलेकै हो । टाइगर यासिमा ब्याट्रि उत्पादन भइरहेको छ ।

गोल्छा अर्गनाइजेसनसँग चिनी उत्पादनमा झन्डै २० वर्षको अनुभव छ ।
यहाँ उत्पादन गर्न नसकिने बस्तु विदेशबाटै आयात गर्ने हो ।
हस्पिटालिटीमा एक्टिभ इन्भेस्टर बन्दै छौं ।
व्यापारमा नाफा फिक्स्ड हुन्छ ।
उद्योग राम्रोसँग चलाउन सकेमात्र आम्दानी हुन्छ ।
नेपालमा वैदेशीक लगानीको वातावरण छ ।

पछिल्लो समय ठूला घरानाको आकर्षण हस्पिटालिटी इन्डष्ट्रीमा देखिन्छ । हस्पिटालिटीमा धेरै ठूला घराना एकैचोटी आकर्षित हुनुको कारण के हो ?

नेपाल पर्यटनमा ठूलो सम्भावना भएको मुलुक हो । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछन् । यसले पर्यटक आगमन ह्वात्तै बढाउँनेवाला छ । त्यसका लागि तयारी त अहिलेदेखि थाल्नुपर्‍याे । त्यसैले धेरैजना एकैचोटी हाम्फालेको देखियो ।

सरकारको तथ्यांकले पर्यटक घटिरहेको देखाउँछ, तारे होटेलमा धमाधम लगानी बढिरहेको छ । कतै होटेलको ‘ओभर फ्लो' हुने त होइन ?

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पूर्वाधार बनेपछि स्वतः पर्यटक आगमन बढ्छ । अहिले पनि होटेलको संख्या कम छ । भैरहवा विमानस्थल सञ्चालनमा आउने वित्तीकै भइरहेका होटेलले पुग्दैन । होटेल क्षेत्रमा व्यावसायिक घरानाका नयाँ पुस्ताहरू छिरिरहेको देखिन्छ । ‘सप्लाइ क्रियट्स डिमान्ड' भन्छन् । सप्लाइ भएपछि डिमान्ड भइहाल्छ । होटेलले नै पर्यटक तान्न थाल्छन् । होटेल भनेको तत्कालै नाफा कमाउने होइन, दीर्घकालमा कमाउने हो । द्वन्द्वमा धेरै होटेलहरू बन्द भएका थिए । अब त्यस्तो नहोला ।

उद्योग बन्द गरेर ट्रेडिङमा लाग्नेहरू पनि उत्तिकै छन् । उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो हो ?

नेपालमा उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो छ । उद्योग राम्रोसँग चलाउन सकेमात्र आम्दानी हुन्छ । तर, व्यापारमा नाफा फिक्स्ड हुन्छ । व्यापारमा जोखिम कम हुने हुँदा आकर्षण बढी नै देखिएको छ । आयातित खाद्य वस्तुहरू बिक्री गरेर धेरै कम फाइदा हुन्छ । तर, राम्रो पक्ष घाटा हुने सम्भावना कम हुन्छ ।

त्यसो त नेपालमा उद्योग चलाएर राम्रो गरिरहेका धेरै उदाहरण छन् । जगदम्बाले धेरे राम्रो प्रगति गरेको छ । उद्योग चलाउन राम्रो म्यानेजमेन्ट चाहिन्छ । उद्योगमा आफ्नो क्षमता, म्यानेजमेन्ट र रणनीतिले सफलता दिलाउने हो । व्यापार कुन ब्रान्डको एजेन्सी हो, त्यसमा भर पर्छ ।

गाडी र मोबाइल व्यापारमा हानथाप देखिन्छ नी ?

गाडी र मोबाइल ग्रोइङ इन्डष्ट्री हो । यसको व्यापार वृद्धि भइरहन्छ । मोबाइल र गाडीका प्रयोगकर्ता बढिरहेका छन् । मोबाइलको प्रयोग बढ्न थालेको छ । फोटो तथा भिडियो खिच्नेदेखि इन्टरनेट चलाउन र गेम खेल्न मोबाइल प्रयोग हुन थालेको छ । नयाँ-नयाँ टेक्नोलोजी भित्रिरहेका छन् । नेपालमा पनि महंगा मोबाइल बोक्नेहरू बढेका छन् । व्यापार बढेपछि त आकर्षण बढिहाल्छ ।

यसको सेयर संरचनामा छलफल भइरहेको छ । सुरुमा २०/२५ करोड लगानी गर्छौं । अवस्था हेरी बढाउँदै लान्छौं । गोल्छा अर्गनाइजेसनसँग चिनी उत्पादनमा झन्डै २० वर्षको अनुभव छ, नयाँ पुस्ता एक्टिभ भएको छ । पुरानो पुस्ता एडभाइजरी लेबलमा रहन्छ ।

चिनी मिलले किसानको ७० करोड रुपैयाँ बुझाउन बाँकी भएको सुनिन्छ, लफडामा पर्नु हुन्न ?


नयाँ साझेदार आउने सुनेपछि किसानहरू पनि खुसी छन्, अवस्था राम्रो होला भन्ने विश्वास जागेको छ । किसानले यथाशीघ्र भुक्तानी पाउनु पर्छ । चालीस प्रतिशतजति भुक्तानी भैसकेको छ । यसै वर्षभित्र सबै बक्यौता भुक्तानी गर्ने लक्ष्य छ । किसान ढुक्क हुने अवस्था बन्दै गएको छ । हामीले ठूलो लगानी गर्ने छौं नै, गोल्छा अर्गनाइजेसनले पनि थप लगानी गरेको छ । लगानी बढाउन बैंकसँग कुरा भइरहेको छ । किसानको बक्यौता घटाइसकेका छौं ।

विशाल समूहको चिनी उद्योगमा प्रवेशले चिनीमा आत्मनिर्भर बनिएला ?

चिनीमा करिब-करिब आत्मनिर्भर छौं । चाँडै नै हामी आत्मनिर्भर बन्न सकिएला । हाम्रो उद्देश्य पनि प्रतिस्पर्धी वस्तु मुलुकभित्रै उत्पादन गर्ने हो । नेपालमा कृषिजन्य धेरै बस्तुहरू उत्पादन गर्न सकिन्छ । यहाँ उत्पादन गर्न नसकिने बस्तु विदेशबाटै आयात गर्ने हो । सिमेन्ट, हाइड्रो, चिनीजस्ता वस्तुमा ‘जिरो टु सय' स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ । यस्ता वस्तु स्वदेशमै उत्पादन गर्नुपर्छ । घिउ÷तेलका लागि कच्चा पदार्थ आयात गर्नुपर्छ । यसमा आत्मनिर्भर बन्न सकिँदैन । यही मोबाइल उत्पादन गर्न खोजेर हुँदैन । १० हजार पर्ने मोबाइल एक लाख पर्न सक्छ । धेरै भ्यालु एड हुने बस्तु उत्पादनतर्पm लाग्नुपर्छ । बाँकी आयात गर्नुपर्छ । कम्तीमा कृषिजन्य वस्तुहरूको उत्पादन यहीँ हुनुपर्छ ।

अरु कृषिजन्य उद्योगमा पनि हात हाल्ने योजना छ ?

हामी कृषिमात्र होइन, कोर कम्पिटेन्स भएका व्यापारिक क्षेत्रमा प्रवेश गर्न उत्सुक छौं । उत्पादनमा धेरै भ्यालुु एड हुनुपर्छ । हिजो कसैले पनि कोर कम्पिटेन्स भएका उद्योग खोलेनन् । अब त्यतातिर लाग्छौं । उत्पादन सम्भव नभएका वस्तु आयातै गर्नुपर्छ ।

चिनी उद्योगमा अवसर आयो, साझेदारी गर्‍यौं, अरु खाद्यन्न उद्योगमा पनि अवसर आए साझेदारी गर्न तयार छौं । तर, सबैजसो खाद्यन्न उद्योगमा प्रवेश गर्ने योजना छैन । सबै क्षेत्रमा प्रवेश गरेर सफल पनि भइँदैन । यो दुनियाँको प्राक्टिस हो ।

तपाईंहरूले पहिचान गरेका कोर कम्पिटेन्स क्षेत्रहरू कुन-कुन हुन् ?

गाडीको बिक्री बढ्नु ग्रोइङ इकोनोमीको संकेत हो । जहाँ आर्थिक कृयाकलपा बढ्छ, त्यहाँ किनमेल गर्ने क्षमता बढ्छ । नेपालमा पब्लिक यातायात झुर छ । त्यसैले पनि निजी सवारी अत्यावश्यक छ । सिंगापुरजस्तो पब्लिक यातायात राम्रो भएको ठाउँमा निजी सवारी विलासी हुन सक्छ, तर नेपालमा आवश्यकता बनेको छ । त्यही भएर गाडीको व्यापार पनि बढेको छ । नयाँ-नयाँ ब्रान्ड भित्रिने क्रम बढ्दो छ । गाडीको व्यापारमा घाटा हुँदैन । जोखिम पनि कम छ । नेपालमा सडक पूर्वाधार बढेमा गाडीको व्यापार अभै बढ्छ ।

गाडी र मोबाइल बिक्री बढ्नुको कारण रेमिट्यान्स नै होला ?

रेमिट्यान्सको ठूलो योगदान छ । रेमिट्यान्स आप्रवाह बढिरहेको छ । सँगसँगै इन्फरमल इकोनोमी बढेको छ । वस्तुहरू विदेश निकासी हुन थालेको छ । पर्यटकीय गतिविधि बढिरहेका छन् । यसले पनि अर्थतन्त्र बढाउन सहयोग पुर्‍याएको छ । गाडीको बिक्री बढ्नुमा बैंकको फाइनान्सिङ सजिलो र उपभोक्ताको मनस्थिती परिवर्तन हुनु नै हो । हाम्रो बुवाको पालामा २० वर्ष मेहनत गरेर घर, गाडी किन्नुपथ्र्यो । हाम्रो पालामा अहिले नै घरगाडी जोडेर २० वर्ष इन्ज्वाय गर्न पाइन्छ, पैसा किस्तामा तिर्दै जान सकिन्छ । झन्डै २० वर्ष सेक्रिफाइस गरेर पाउने चीज आजै पाउँदा पक्कै पनि उपभोग बढिहाल्छ । बैंकको ऋण सस्तो छ, ऋण दिने संस्थाहरु पनि धेरै छन् ।

नेपालमा उद्योग चलाउन कठिन हो ?

कोर कम्पिटेन्स भएका उद्योग राम्रोसँग चलिरहेका छन् । उदाहरण सिमेन्ट उद्योग छ । त्यही भएर नेपाल सुहाउँदो उत्पादनमुलक उद्योगमा लगानी गर्नुपर्छ । उद्योग चलाउन श्रम र उर्जाको समस्या थियो । अहिले श्रम समस्या घटेको छ । उर्जा समस्या पनि विस्तारै घट्ने देखिन्छ । विस्तारै वातावरण राम्रो बन्दै गइरहेको छ ।

ठूला परियोजनमा विदेशी लगानी आएको देखिँदैन ? लगानीको वातावरण नबनेर हो ?

लगानीको वातावरण छ । युनिलिभर, एसबीआई, स्टान्डर्ड चार्टर्ड, एभरेस्ट, एनसेल आदि कम्पनीले राम्रो गरिरहेका छन् । यी कम्पनीले नेपालमा गरेको जति रिटर्न विश्वका कुनै मुलुकमा हुँदैन । जुन क्षेत्रमा लगानी गरे पनि उच्च रिटर्न छ । विगतको तथ्यांकले नेपालमा जति पनि लगानी भित्रियो, धेरै सफल भएको देखाउँछ । एनसेलको केसबाहेक कसैलाई लाभांश लैजान समस्या परेको छैन । सरकारले नीतिगत सुधार गरिरहेको छ । बरु किन हो, राम्रो कमाउन सकिने देशमा लगानी गर्न विदेशी नआएका ? सायद, राजनीतिक स्थिरता खोजिरहेका छन् । सरकारले विदेशी लगानी नीतिमा विदेशी लगानीकर्तालाई राम्रो व्यवहार गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको ड्राफ्ट पनि विदेशी लगानीकर्तामैत्री बनेको छ । स्वदेशी र विदेशी लगानीकर्तालाई समान सुविधा दिएपछि लगानी आउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.