रोल्पाको सुन्तलाले बजार पाएन

रोल्पाको सुन्तलाले बजार पाएन

रोल्पा: रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् ।

'आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ', धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो गरिन् । 'गाउँमै सङ्कलन केन्द्र स्थापना गरे समय पनि बचत हुने र श्रमशक्ति पनि कम लाग्ने थियो, यसतर्फ कसैले ध्यान दिएका छैनन्', गुरुङले असन्तुष्टि पोख्दै भनिन् ।

घरमा गाईवस्तुको स्याहार पनि आफैँ गर्ने तथा सुन्तलासमेत आफैँ सदरमुकामसम्म ल्याउनुपर्दा महिलालाई थप समस्या हुने गरेको धवाङ–९ भूमकै वीनमाली पुनले बताइन् । 'पुरुषहरु डोको बोकेर बजार जान लाज मान्छन्, सुन्तला बेचेर आएको पैसा भने उनीहरुलाई नै दिनु पर्छ', पुनले अगाडि थपिन् ।

रोल्पा सदरमुकाम आसपास धवाङ, तित्रिकोट, वाइगाउँलगायत स्थानका सुन्तला उत्पादक किसानले डोकोमा ढुवानी गरी कात्तिकदेखि चैतसम्म सदरमुकाममा सुन्तला बिक्री गर्ने गर्दछन् ।

'सङ्कलन केन्द्रको आवश्यकता महसुस गरी कार्यालयमा किसानले मागगर्न आए निश्चित स्थानमा सङ्कलन केन्द्र स्थापना गर्न सकिने जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । सुन्तलालाई लामो समयसम्म टिकाइराख्न सुन्तला उत्पादक किसानलाई क्यारेटसमेत वितरण गर्न सकिने उनले जानकारी दिए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.