चीनमा टावर भत्किँदा ४० जनाको मृत्यु
चीनः चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा बिहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ ।
बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ। उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको बताइएको छ । एजेन्सी