अस्पतालको शौचालयबाट कैदी फरार

अस्पतालको शौचालयबाट कैदी फरार

पोखराः उपचारका लागि बाहिर निकालिएका कास्की कारागारका कैदी पुष्कर खड्का अस्पतालबाट भागेका छन् । दिउँसो १ बजे उपचारका लागि उनलाई गण्डकी शिक्षण अस्पताल ल्याइएको थियो ।

दाँतको उपचारका लागि ल्याइएका उनी अस्पतालको शौचालयको झ्यालबाट भागेका हुन् । यसअघि पनि उनलाई उपचारका लागि अस्पताल ल्याउने गरिएको थियो । नियमित उपचारकै सिलसिलामा बिहीबार पनि अस्पताल ल्याइएको थियो ।

कास्की काराबार प्रमुख हरिप्रसाद गौतमका अनुसार खड्का २०७० वैशाख २६ देखि कारागारमा थिए । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद थिए । उनलाई अदालतले ६ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । ३५ वर्षे खड्काको घर काभ्रे हो ।

कैदी खड्कालाई प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्री नेतृत्वको ३ जनाको टोलीले अस्पताल लगेको थियो । शौचालयको झ्याल खुला भएको मौका छोपेर कैदी खड्का भाग्न सफल भएका हुन् । तीनवटा खापा भएको झ्यालको एउटा खापाबाट सिसा निकालिएको हुँदा उनलाई भाग्न सजिलो परेको थियो । हत्कडी लगाएरै अस्पताल लगिएका उनलाई शौचालय जाने बेला भने हत्कडी खोलिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.