ग्यारेथ बेलले ‘एल क्लासिको’ भिडन्त गुमाउने
काठमाडौंः रियल मड्रिडका स्टार स्ट्राइकर ग्यारेथ बेलले 'एल क्लासिको' भिडन्त गुमाउने भएका छन्।
च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल अन्तर्गत स्पोर्टिङ लिस्वनविरुद्धको खेलमा चोटग्रस्त भएका बेलले क्याम्प नाउमा हुने बार्सिलोना र रियल मड्रिडबीचको खेल गुमाउने पक्का भएको हो। बेल तीन हप्ता मैदान बाहिर रहने रियल मड्रिडले पनि पुष्टि गरेको छ।
मंगलबार राति भएको स्पोर्टिङ लिस्वनविरुद्धको खेलको पहिलो हाफमा चोटग्रस्त हुँदै बेल मैदानबाट बाहिरिएका थिए। जुन खेलमा रियल मड्रिड २–१ ले विजयी भएको थियो। बेलको दायाँ खुट्टाको जोर्नीमा चोट लागेको रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले बताएका छन्।
जिदानका अनुसार डिसेम्बर ३ मा बार्सिलोनाको घरेलु मैदानमा हुने ला लिगा फुटबल अन्तर्गतको एल क्लासिको भिडन्तमा बेल मैदान उत्रिने सम्भावना निकै न्यून छ।
बेलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बोरुसिया डर्टमन्डसँगै जापानमा हुने क्लब वल्र्ड क्लब फुटबल पनि गुमाउने छन्।