रामदेवको प्रशिक्षणमा वीरगन्जमा बृहत योग विज्ञान शिविर

रामदेवको प्रशिक्षणमा वीरगन्जमा बृहत योग विज्ञान शिविर

वीरगन्जः वीरगन्जमा बिहीबार देखि पाँच दिने निःशुल्क बृहत योग विज्ञान शिविर शुरु भएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा पतञ्जली योग समितिले आयोजना गरेको पाँच दिने शिविरको बिहीबार बिहान राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गरिन् ।

शिविरको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको बताइन्।

‘योग पूर्वीय सभ्यताको अभिन्न अंग हो, सयौं वर्षदेखि मानिसले मानसिक र शारीरिक आरोग्यका लागि योगको प्रयोग गर्दै आएका छन्,’ उनले भनिन् ,‘योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुन्छ ।’

सन् २०१५ देखि जुन २१ तारिखलाई अन्तरराष्ट्रिय योग दिवसको रुपमा मनाउन थालिएपछि विश्वमै योगको महत्व अझै बढदै गएको उनको भनाइ छ ।
राष्ट्रपति भण्डारीले मानव जीवनका लागि योग, साधना र आर्युवेद विज्ञानको अत्यन्तै महत्व रहेको उल्लेख गरिन् । आयुर्वेद विज्ञान र योग विज्ञान संयमित र स्वस्थ्य जीवनको संमिश्रण रहेको उनको भनाइ छ ।

प्रकृतिको अनुपम उपहारको रुपमा रहेको नेपाल कैयौं ऋषिमुनीका लागि साधनास्थल रहेको भन्दै उनले भनिन् ,‘देश विकासमा शिक्षाको भूमिका महत्वपूर्ण छ, पतञ्जली योगपीठले नेपालमा सञ्चालन गरेको पतञ्जली आर्युवेद उद्योगको मुनाफा सबै यहाँकै शिक्षा क्षेत्रको विकासमा लागाउने निर्णय गर्नु प्रशंशनीय छ ।’

‘नेपालीको शैक्षिक उन्नतिमा यसले महत्वपूर्ण योगदान पुग्ने विश्वास मैले लिएकी छु,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘स्वच्छ, शान्त, हराभरा र समृद्ध वीरगन्जको कामना गर्दछु ।’

उद्घाटन समारोहमा विश्वप्रसिद्ध भारीय योग गुरु बाबा रामदेवले योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रशन्नता प्राप्त हुने बताए । उनले भने , ‘योगले दिव्य चेतना प्राप्त हुन्छ, सामान्य जीवन भन्दा माथि उठाउँछ ।’

उद्घाटन समारोहमा आचार्य बालकृष्णले देश निर्माणको संकल्प लिएर अघि बढ्न आग्रह गरे । पतञ्जली योगपिठले नेपालका भूकम्पपीडित बालबालिकाको शिक्षामा लगानी गर्न सुरु गरेको समेत उनले जनकारी दिए ।

गैर आवासीय नेपाल संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिक स्वस्थ्य रहनुपर्ने बताए ।
मंसिर १३ गते सम्म चल्ने योग विज्ञान शिविरमा योग गुरु रामदेवले नै योग प्रशिक्षण दिने विज्ञान शिविर मूल आयोजक समितिका संयोजक विजय सरावगीले बताए ।

शिविरको पहिलो दिन बिहिबार बालबालिका, युवा, युवती, महिला, पुरुष, विभिन्न दलका नेता, सांसद गरी हजारौँ प्रशिक्षार्थी सहभागी भएको संयोजक सरावगीले जानकारी दिए ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.