प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली वालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली वालुवाटारमा

काठमाडौँ: बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् ।

ओली नेता बामदेव गौतम, भीम रावलसहितका नेतालाई लिएर वालुवाटार पुगेका हुन् । भेटमा संविधान संशोधन र पुरक बजेटको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनका विषयमा मिलेरै अघि बढ्न आग्रह गरेका छन् । प्रचण्डले संविधान संशोधन सँगै पुरक बजेटका विषयमा समेत सुझाव मागेका छन् ।

एमालेविरुद्ध कडा देखिएका प्रधानमन्त्री प्रचण्ड पछिल्ला दिनमा भने एमालेलाई फकाउने रणनीतिमा लागेको देखिन्छ । प्रचण्डले बिहीबार साँझको भेटमा मुलुकलाई दुर्घटनाबाट जोगाउन प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनु पर्ने आवश्यकतामा जोड दिए ।

उनले संविधान संशोधनको पक्षमा आउन एमालेका नेताहरुलाई आग्रह गरे । भेटमा संविधान संशोधनको विपक्षमा जाने अडान त्यागेर संशोधनको पक्षका आउन एमाले नेतालाई प्रधानमन्त्रीले विशेष आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले मधेशबाट प्रतिनिधित्व गर्ने एमालेका ३७ जना सांसदहरु संविधान संशोधनको पक्षमा आएको प्रसंग उल्लेख गर्दै संविधान संशोधनको विपक्षमा जानु एमालेका लागि पनि हितकर नहुने सुझाव दिए ।

संविधान संशोधनको औचित्य माथि प्रश्न उठाउँदै आएका एमालेका नेताले संसदमा संशोधन विधेयक दर्ता गरेमा संसद र सडकमा आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।

केही दिन अघि बालुवाटारमा सम्पन्न तीन दलको बैठक संविधान संशोन र संघीयताका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा चर्काचर्कीमा परिणत भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.