लमजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ३ घाइते

लमजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ३ घाइते

लमजुङ: लमजुङको मध्यनेपाल–२, जिता स्थित गैरी गाउँमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बगुवाबाट गैरीगाउँतर्फ धान र पराल बोकेर जाँदै गरेको ग १ त २५३३ नम्बरको सो ट्रयाक्टर दुर्घटनामा पर्दा स्थानीय बर्ष ४५का बासुदेब घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

घटना स्थलबाट १ सय मिटरको तल पल्टिएको थियो । ट्रयाक्टर पल्टंदा मध्यनेपाल–२ कै रामचन्द्र घिमिरे गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

त्यस्तै, ट्रयाक्टरका चालक शंकरराज सोती र सह–चालक सन्तोष लम्साल भने सामान्य घाईते भएको ट्राफिक सई कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।

साँघुरोबाटो र बढी लोड भएका कारण ट्रयाक्टर पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरणका बुझ्न इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राधेश्याम सिहं सैंथवारको नेतृत्वमा एक टोली घटना स्थलमा पुगेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.