दुर्घटनामा घाइते चित्रबहादुर केसी अस्पतालबाट घर फिर्ता

दुर्घटनामा घाइते चित्रबहादुर केसी अस्पतालबाट घर फिर्ता

काठमाडौँः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बिहीबार साँझ अस्पतालबाट घर फर्किएका छन् ।

बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भएका केसी सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका थिए ।

एक रात अस्पतालमै बसेर उपचार गराएका पूर्व उपप्रधानमन्त्री केसीको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकको सुझाव अनुसार साँझ घर फर्किएको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए ।

बुधबार दुर्घटनामा परेका केसीको ढाडमा चोट लागेको थियो । नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उनको उपचार गरेको थियो ।

यसअघि बिहीबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र एमाले उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.