एमाले ‘अतिवादी’ भयोः कमल थापा

एमाले ‘अतिवादी’ भयोः कमल थापा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन दर्ता गर्न नदिनेहरू ‘अतिवादी’ भएको बताएका छन् ।

एमालेले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न नदिने बताउँदै गर्दा थापाले संविधान संशोधन प्रस्ताव दर्ता गर्न नदिने अतिवादी भएको आरोप लगाएका हुन् ।

‘संशोधन प्रस्ताव दर्ता गर्न दिन्न भन्नु अतिवादी कुरा हो’, प्रमुख प्रतिपक्षी एमालेतर्फ संकेत गर्दै बिहीबार पार्टी एकीकरणका बारेमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘यस्तो अहंकारपूर्ण नीति निर्णयप्रति राप्रपा सहमत छैन् ।’

थापाले संसदबाट कसैले समाधान चाहन्छ भने समाधान खोज्न दिनुपर्नेमा जोड दिए । उनले भने, ‘व्यवस्थापिका संसदबाट समाधान खोज्न चाहनेलाई खोज्न दिनुपर्छ ।’

केपी ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री रहेका थापा यसअघि एमालेकै लाइनमा प्रतिपक्षी भुमिका निर्वाह गर्दै आएका थिए । मंसिर ६ गते पशुपति शम्शेर राणासँग पार्टी एकीकरण गरेपछि भने थापा सत्तापक्षबाट अभिव्यक्ति दिन थालेका छन् ।

बिहीबार पार्टी एकिरकणपछि पहिलो पटक थापाले संविधान संशोधनको विषयलाई लिएर एमालेको आलोचना गरेका हुन् । संविधान संशोधनबारे आफूले एमाले नेताहरुसँग परामर्श गरिरहेको भन्दै थापाले भने, ‘मैले एमाले नेतासँग परामर्श गर्दैछु र गरेको छु । उहाँहरुसँग गम्भीर सल्लाह हुनसक्छ ।’

नेता थापाले संविधान संशोधन प्रस्तावमा राप्रपा अधिकतम लचकताका साथ प्रस्तुत हुने बताए । ‘संशोधन प्रस्तावमा हाम्रो कुनै अवरोध हुँदैन् । लचकताका साथ प्रस्तुत हुन्छौं । हिन्दू राष्ट्रको एजेण्डालाई अहिलेको संशोधन प्रस्तावमा राख्नका लागि दबाब दिन्छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.