‘देशलाई काँक्रो चिरेझै टुक्रा पार्ने प्रस्तावलाई एमाले ठाडै अस्वीकार गर्छ’

‘देशलाई काँक्रो चिरेझै टुक्रा पार्ने प्रस्तावलाई एमाले ठाडै अस्वीकार गर्छ’

काठमाडौं: सरकारले जबर्जस्ती संविधान संशोधन प्रस्ताव ल्याउन लागेको भन्दै एमाले अध्यक्ष केपी ओलीले संसदमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ओलीले संविधान संशोधन र संघीयताको नाममा मुलुकलाई काँक्रो चिरे झै टुक्रा पर्ने प्रस्तावलाई एमालेले ठाडै अस्वीकार गर्ने बताए ।

एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गलत र घातक उदेश्य सहित प्रायोजित रुपमा सरकार गठन भएको आरोप लगाउंदै ओलीले आफ्नो उदेश्य पूरा गर्न सरकारले संशोधन प्रस्ताव ल्याउन लागेको दाबी गरे ।

पार्टी सम्वद्ध युवा संघ र अनेरास्ववियुले बिहीबार गरेको संविधान कार्यान्वयन र संशोधनको प्रश्न विषयक विचार गोष्ठीमा ओलीले भने, ‘गलत उदेश्य र प्रायोजित ढंगले बनेको सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्दैछ, तर संसदमा एमाले पनि छ भन्ने हेक्का राख्नु, सतर्क रहनुहोला ।’

संविधान संशोधनको माग गर्ने र संशोधन गर्न खोज्नेहरुले संविधानको कुन ठाउँमा किन संशोधन भन्ने कुराको जवाफ दिन नसकेको ओलीले बताए । ‘बंगालमा एउटा मिर्का सिंह थिए, यहाँ त हजारौ मिर्का सिंह जन्मेका छन् ।’ जात, भाषा, भूगोलका नाममा मुलुकलाई टुक्राटुक्रा पार्न खोजिएको उल्लेख गर्दै ओलीले भने ,‘जात, धर्म, भाषा, डिल वारी कि पारी, धारो माथि कि धारो तल भनेर कसरी देशलाई टुक्रा पार्न सकिन्छ भन्ने ध्याउन्न मात्र छ । देशलाई काँक्रो चिरेझै टुक्रा पार्ने प्रस्तावलाई एमालेले ठाडै अस्वीकार गर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष दाहाल जुन शर्तमा प्रधानमन्त्री बने, त्यो शर्त आफूले मानेको भए आफ्नो नेतृत्वको सरकार त्यतिखेर नढल्ने भनी ओलीले दाबी गरे । ‘पुष्पकमलले जे गर्छु भनेका छन्, त्यो काम म नै गर्दिन्छु भनेको भए प्रधानमन्त्री म नै हुन्थे नि,’ ओलीले भने, ‘यो सरकारले त्यसका पछाडिका रहस्य र बाचा पुरा गर्नुपछ ।’

संक्रमणकालीन व्यवस्था अनुसारको संसद् र सरकारको काम संविधान कार्यान्वयन गरि निर्वाचनको वातावरण बनाउनु मात्र रहेको ओलीले दाबी गरे । ‘यो सरकारको काम चुनाव गरेर निर्वाचित सरकारलाई सत्ता सुम्पिने हो । तर चुनावको कुरै नगर्ने, किन संविधान संशोधन गर्ने ? ’

जुवाडेले तास फिटे झै सरकारले कुरा मात्र फिटिरहेको उल्लेख गर्दै ओलीले भने, ‘निर्वाचन सम्बन्धी विधेयक ल्यायो ? चुनावको घोषणा गर्‍यो ? निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्‍यो ? चार महिनामा के गर्‍यो त, यो सरकारले ? ’रुपान्तरित संसदलाई संविधान संशोधन गर्ने अधिकार नभएको दाबी ओलीको छ ।

आफुलाई मधेस विरोधीको रुपमा चित्रण गर्न खोजिएको भन्दै ओलीले आक्रोश पोखे । ‘म प्रधानमन्त्री हुनुभन्दा अघि मधेसमा ४७ जनाको ज्यान गएको थियो । जसको कार्यकालमा त्यत्रा मान्छे मारिए, उसैलाई प्रधानमन्त्रीमा भोट दिन गुटुटुटु आइपुग्ने ?,’ ओलीले आक्रोश पोख्दै भने, ‘तपाई (मधेस केन्द्रित दलका नेताहरु) १८ वर्षमा कतिपटक मन्त्री बन्नुभयो, त्यतिखेर मधेसका लागि के गर्नुभयो ?’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.