मुस्ताङमा क्रसकन्ट्री साइकल दौड
पोखराः उपल्लो मुस्ताङमा पहिलोपल्ट बिहीबारदेखि मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेस सुरु भएको छ । सात चरणमा हुने प्रतियोगिताको दूरी दुई सय २० किलोमिटरको छ ।
समुद्री सतहबाट दुई हजार आठ सय मिटरमा रहेको कागबेनीबाट सुरु भएको यो रेसले मुस्ताङको ४२ सय मिटरको विभिन्न पासहरू छिचोल्दै र चरणहरू पार गदै सात दिनमा दुई सय २० किलोमिटरको दूरी तय गर्नेछन् ।
प्रतियोगिताका विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गनेछन् । त्यस्तै रेसमा दोस्रो हुनेले ७५ हजार र तेस्रो स्थानमा रेस सकाउनेले ५० हजार पुरस्कार राशि प्राप्त गर्नेछन् । रेसको पहिलो दिन राजकुमार श्रेष्ठ ५७ मिनेट ५० सेकेन्डमा दूरी पार गदै अग्रस्थानमा छन् ।
बुद्धिबहादुर तामाङ र नेपाली सेनाका मानबहादुर थापामगर क्रमशः एक घन्टा दुई मिनेट ४४ सेकेन्ड र एक घन्टा दुई मिनेट ५६ सेकेन्डमा पार गर्दै दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपालमा सम्भावना बेकेको माउन्टेन बाइकिङको विकासमा योगदान पुर्याउँदै साहसिक खेल पर्यटनको प्रवद्र्धनका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक तथा व्यवस्थापक शिखर पाण्डेले बताए ।
उनले भने, ‘हामीले उपल्लो मुस्ताङ यस किसिमको क्रसक्रन्ट्री साइकल रेस पहिलोपल्ट आयोजना गरेका हौं, पहिलोपल्ट यस किसिमको सहभागीले हामीलाई उत्साही तुल्याएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।'
पहिलो दिन शीर्ष स्थान ओगटेका राजकुमार श्रेष्ठले सुरुको चरण सजिलो भएको प्रतिक्रिया दिए । श्रेष्ठले भने, ‘अझै धेरै गाह्रो चरणहरू त बाँकी नै छ । प्रतिस्पर्धा पनि कडा भएकोले अझै टाइमिङमा सुधार गदै जाने लक्ष्य छ ।'
याक अट्याकलगायत विभिन्न क्रस कन्ट्रीहरूमा सहभागी जनाएका बुद्धिबहादुर तामाङले उपल्लो मुस्ताङ साइकलिङको लागि उत्तम गन्तव्य भएको बताए । मुस्ताङमा यस्तो प्रतियोगिता पहिलो पल्ट नेपालीले आयोजना गरेकाले आफूहरू उत्साही भएको उनले सुनाए ।
उनले थपे, ‘पहिलो दिन भएकोले त्यति छिटो कुदाइएन उनले भने भोलिबाट अलि पेस बढाउँछु ।' बेलायतमा भएको माउन्टेन बाइक ओरेन्टेरिङ रेसमा बिजेता रहिसकेकी इजाबेल बोइडले यस्तो मनोरम ठाउँमा साइकल कुदाउनै आपूmलाई गर्व लागेको बताए ।
उपल्लो मुस्ताङमा साइकल कुदाउनै एउटा अद्भुत र आनन्दायी क्षण भन्दै अर्का सहभागी इयन मोरिसनले भने, ‘मेरो लागि यो रेस स्मरणीय रहनेछ र यो पूरा गर्नु नै मैले जिते बराबर हुनेछ ।' प्रतियोगिता पहिलो दिन मुक्तिनाथ पुगेर सम्पन्न भएको छ ।
दोस्रो दिनको रेस चैले पुग्नेछ भने, त्यसपछि क्रमशः घमी, लोमान्थाङ, टागे, मार्फा र सातौं दिनमा तातोपानीमा पुगेर सकिनेछ । साहसिक खेलको रूपमा लिइएको यस प्रतियोगितामा एक नेपाली एक विदेशी महिलासहित पाँच विदेशी र सात नेपाली खेलाडीको सहभागिता रहेकोमा दुईजनाले विदेशी प्रतियोगीले विशेष कारण प्रतियोगितामा सहभागी जनाउन सकेनन् ।