बेनिशा हमाललार्इ प्रेमपत्रले रुवायो

बेनिशा हमाललार्इ प्रेमपत्रले रुवायो

अहिले चलचित्र 'कालो पोथी'को पर्खाइमा छिन् नायिका बेनिशा हमाल । उनी अभिनीत यो चौथो चलचित्र हो । प्रसन्न पौडेल निर्देशित सांगीतिक चलचित्र 'स्वर'बाट ठूलो पर्दामा डेब्यु गरेकी उनले 'महसुस', 'मोक्ष'जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् ।

सन् २००९ मा 'सिन्धुलीको रसिलो जुनार' बोलको म्युजिक भिडियोबाट मोडलिङ आरम्भ गरेकी उनले अहिलेसम्म लगभग डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । अहिले ग्ल्यामरस छवि बनाएका नायिका एवं मोडेलको क्रेज बढी देखिन्छ । त्यसका लागि उनी पनि खानपान, व्यायाम, ड्रेसअप, मेकअपमा ध्यान पुर्‌याउने गर्छिन् ।

'खाना खाएन भने अनुहारमा चार्मिङ हँदैन, व्यायाम गरेन भने मसल्स दह्रो र छरितो हुँदैन । त्यसैले म टन्न खाने र व्यायाम पनि गर्ने गर्छु', आफू फिट एन्ड फाइन रहनुको राज उनी खोल्छिन्, 'तर राम्री र ग्ल्यामरस भएरमात्रै हुँदैन, काममा मेहनत देखिनु जरुरी छ ।'

यसै वर्ष स्नातकोत्तर सकेकी बेनिशाको घरपरिवारमा बेलाबेला उनको विवाहको कुरा चल्छ । त्यसलाई उनी स्वाभाविक मान्छिन् । 'विवाह त भइहाल्छ नि, हतार किन गर्नुपयो र ? ', उनी भन्छिन्, 'अहिले आत्मनिर्भर त छु तर स्थापित हुन बाँकी छ । त्यसैले अझै दुईतीन वर्ष काममा फोकस हुने मेरो योजना छ ।'

चितवनमा जन्मेकी बेनिशालाई मन पराउने धेरै छन् । उनले पनि कसै न कसैलाई मन नपराएकी होइनन् । 'यतिका उमेरसम्म पनि कोही मन परेन भने त एबनर्मल नै हुन्छ । तर प्रतिबद्ध भएर विवाह नै गर्ने गरी कसैसँग मन जोडेको छैन ।'

रुवायो प्रेमपत्रले

कक्षा ९ मा पढ्दै गर्दा एकजनाले प्रेमपत्र पठाएछन् । त्यो चिठी स्कुलमा आएकाले क्लास टिचरले ल्याएर दिए । चिठी पढेपछि यो कुरा घरमा थाहा पाए भने मलाई त निकालिदिन्छन् भन्ने डरले दिनभर रोएरै बित्यो ।

पहिलो म्यासेजमै विवाह

एकपटक एकजना फ्यानले फेसबुकमा पहिलो म्यासेजमै बेनिशा, वान डे आई विल गेट म्यारी यु लेखे । हाई हेलो केही नभनी एकैचोटि त्यस्तो म्यासेज पठाउँदा हाँस पनि उठ्यो, रिस पनि । तर रिप्लाई गरिनँ ।

नाम जोडिँदा हाँस उड्छ

कहिलेकाहीँ मिल्ने साथी, चलचित्रका कोस्टारसँग नाम जोडेर गलत हल्ला चल्दा मलाई हाँस उठ्छ । घरपरिवारलाई सम्झाएर यो क्षेत्रमा आएको मान्छे हुँ म । त्यस्ता चर्चामा म सधैं परिवारको छविलाई जोडेर हेर्ने गर्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.