पाँच दलका नेताको एउटै धारणाः‘ मिलेर अघि बढौं'

पाँच दलका नेताको एउटै धारणाः‘ मिलेर अघि बढौं'

बुटवलः संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहेका बेला पाँच दलका नेताले देश र जनताका लागि मिलेर जानुपर्ने बताएका छन् । संविधान निर्माणमा जस्तो सम्झौता गरिएको थियो त्यस्तै सम्झौता गरेर अघि बढ्ने समय आएको उनीहरूले बताए ।

माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेको १३ दिनको तिथिमा बिहीबार रूपन्देहीको सैनामैनास्थित निवासमा भएको श्रद्धाञ्जलीसभामा नेताहरूले दलीय स्वार्थ त्यागेर अघि बढ्ने समय आएको बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, पूर्वसभामुख सुवास नेम्बाङ, माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन, कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलम उपस्थित थिए ।

भट्टराईले संविधान संशोधनपछिको राजनीतिक निकासका लागि सबै दल सहमतिमा आउनुपर्ने बताए । ‘दलीय सहमतिबिना संविधान संशोधन भएमा समस्या बल्झिन्छ’, उनले भने ।

एमाले नेता नेम्बाङले संविधान निर्माणको बेला दलहरूले निकै ठूलो सम्झौता गरेको स्मरण गराउँदै सहमति र सम्झौता गर्ने बेला फेरि आएको बताए । उनले भने, ‘आफूले हस्ताक्षर गरेको संविधान कार्यान्वयन गर्नु सबैको दायित्व हो । यो दलहरू विभाजित भएर ध्रुवीकरण हुने समय होइन ।’

माओवादी केन्द्रका सचिवालय सदस्य पुनले संविधान संशोधनलाई दलको स्वार्थका रूपमा लिन नहुने बताए । देश र जनताका लागि दलहरू एक हुनुपर्ने भन्दै उनले संविधान कार्यान्वयन र निर्वाचन गर्ने समयमा पक्षविपक्ष हुनु नहुने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले सीमांकनका विषयमा पहिले भएका सहमति परिवर्तन गर्नका लागि जनताको राय लिन आवश्यक रहेको बताए । प्रदेश नम्बर ५ विभाजन गरिए ठूलो आन्दोलन हुनसक्ने भन्दै उनले सहमतिमा काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.