वीरगन्जमा रामदेवको योग शिविर

वीरगन्जमा रामदेवको योग शिविर

वीरगन्जः वीरगन्जमा बिहीबारदेखि निःशुल्क बृहत् योग विज्ञान शिविर सुरु भएको छ । आदर्शनगर रंगशालामा पतञ्जली योग समितिले आयोजना गरेको पाँचदिने शिविरको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

शिविर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको बताइन् । ‘योग पूर्वीय सभ्यताको अभिन्न अंग हो । सयौं वर्षदेखि मानिसले मानसिक र शारीरिक आरोग्यका लागि योगको प्रयोग गर्दै आएका छन्', उनले भनिन्, ‘योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुन्छ ।'

सन् २०१५ देखि जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि विश्वमै योगको महत्व अझै बढेको उनले बताइन् ।

राष्ट्रपति भण्डारीले मानव जीवनका लागि योग, साधना र आयुर्वेद विज्ञानको अत्यन्तै महत्व रहेको बताइन् । आयुर्वेद विज्ञान र योग विज्ञान संयमित र स्वस्थ जीवनको सम्मि श्रण रहेको उनको भनाइ थियो ।

योगगुरु बाबा रामदेवले योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रसन्नता प्राप्त हुने बताए । 

प्रकृतिको अनुपम उपहारका रूपमा रहेको नेपाल कयौं ऋषिमुनीका लागि साधनास्थल रहेको भन्दै उनले भनिन्, ‘देश विकासमा शिक्षाको भूमिका महत्वपूर्ण छ । पतञ्जली योगपीठले नेपालमा सञ्चालन गरेको पतञ्जली आर्युवेद उद्योगको मुनाफा सबै यहाँकै शिक्षा क्षेत्रको विकासमा लागाउने निर्णय सराहनीय छ ।'

उनले भनिन्, ‘नेपालीको शैक्षिक उन्नतिमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास मैले लिएकी छु ।' राष्ट्रपति भण्डारीले स्वच्छ, शान्त, हराभरा र समृद्ध वीरगन्जको कामना पनि गरिन् ।

उद्घाटन समारोहमा योगगुरु बाबा रामदेवले योगले स्वास्थ्य, सुन्दरता, आनन्द र प्रसन्नता प्राप्त हुने बताए । उनले भने, ‘योगले दिव्य चेतना प्राप्त हुन्छ । सामान्य जीवनभन्दा माथि उठाउँछ ।' उनले शरीर, इन्द्रिय र चित्त शुद्ध बनाउन आग्रह गर्दै साकाहारी र सरल जीवन बिताउन सुझाव पनि दिए ।

जल, जंगल, जमिन र जडीबुटीको माध्यमबाट नेपालको उन्नति सम्भव रहेको भन्दै रामदेवले हिमाल, पहाड, तराई फुटेर होइन जुटेर नेपालको विकास गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा आचार्य बालकृष्णले देश निर्माणको संकल्प लिएर अघि बढ्न आग्रह गरे । पतञ्जली योगपीठले नेपालका भूकम्पपीडित बालबालिकाको शिक्षामा लगानी गर्न सुरु गरेको उनले बताए । गैरआवासीय नेपाल संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिक स्वस्थ रहनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा भारत र रसियाका राजदूतको पनि उपस्थिति थियो । कार्यक्रममा रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । मंसिर १३ गतेसम्म चल्ने योग विज्ञान शिविरमा योगगुरु रामदेवले नै योग प्रशिक्षण दिइरहेको विज्ञान शिविर मूल आयोजक समितिका संयोजक विजय सराबगीले बताए ।

शिविरको पहिलो दिन बिहीबार बालबालिका, युवकयुवती, महिलापुरुष, विभिन्न दलका नेता र सांसदसमेत करिब १० हजार प्रशिक्षार्थी सहभागी भएको जानकारी संयोजक सराबगीले दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.