लाभाको एक्सक्लुसिभ सोरुम न्युरोडमा
काठमाडौः लाभाले पहिलो पटक न्युरोडमा टच एन्ड फिलसहितको एक्सक्लुसिभ मोबाइल सोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा अम्बे ग्रुपको अम्बे मोबाइलले लाभा मोबाइलको बिक्रीवितरण गरिरहेको छ । उक्त सोरुम लाभा इन्टरनेसनल हङकङका ओभरसिज बिजनेस म्यानेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहीबार सम्युक्त रूपमा उद्घाटन गरेका छन् ।
लाभा मोबाइल दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्वी देश र दक्षिण अमेरिकी मुलुकमासमेत कारोबार भइरहेको कम्पनीले जनाएको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचर भएको लाभा मोबाइलले १० वटा मोडल बजारमा ल्याएको छ । ६ वर्षदेखि नेपालमा कारोबार भइरहेको लाभा मोबाइलका देशभर आफ्नै ६ वटा र थर्डपार्टीमार्फत १६ वटा सोरुम सञ्चालनमा छन् ।
कार्यक्रममा अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले अघिल्लो वर्षको तुलनामा लाभा मोबाइलको कारोबार ४० प्रतिशतले बढेको र आउने वर्षमा अझ बढ्ने बताए । उनले लाभा मोबाइलमा भएको फिचर अन्य मोबाइलमा खोज्ने हो भने लाभाको दोब्बर मूल्य पर्ने मोबाइलमा मात्र पाइने दाबी गरेका छन् ।
न्युरोडमा सञ्चालित सोरुममार्फत कम्पनीले मोबाइल पारखीलाई टच एन्ड फिलको सुविधासहित कारोबार गर्नेछ । लाभा मोबाइलको कस्टुमर केयर सेन्टर सुन्धाराको सीटीसी मलमा रहेको छ ।