सिभिल मलको प्रवद्र्घनात्मक कार्यक्रम सम्पन्न

सिभिल मलको प्रवद्र्घनात्मक कार्यक्रम सम्पन्न

काठमाडौं ः सिभिल मलले दसैंतिहारको अवसरमा आयोजना गरेको प्रवद्र्धनात्मक कार्यक्रम ‘टीभीएस अपाचे दसैंतिहार महोत्सव २०७३’ सम्पन्न गरेको छ ।

गत असोज एक गतेदेखि कात्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीएस अपाचे प्राप्त गरेका छन् । लुभुकी अनुस्का पाठक र स्वयम्भु छिरिङ शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरेको मलले जनाएको छ ।

कार्यक्रममा विकास भुजेल र सुमित मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलईडी टीभी जितेका छन् । सिभिल मलमा एक हजारभन्दा बढीको किनमेल गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनमध्ये गोलाप्रथाबाट विजेताकोे चयन गरिएको थियो ।

कार्यक्रम अवधिमा विभिन्न विजेताले आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, वासिङ मेसिन, रेफ्रिजरेटर, एलसीडी टीभीलगायत मलका पसलले प्रायोजन गरेका अनेकौं उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.