यु युनिकर्न मोबाइल फोन सार्वजनिक
काठमाडौः यु टेलिभेन्चर्सले नेपालमा युनिकर्नका मोबाइल फोन सार्वजानिक गरेको छ । माइक्रोम्याक्स इन्फम्र्याट्रिक्स प्रालिको सहायक कम्पनीको रूपमा रहेको यु टेलिभेन्चर्सले नेपालमा आफ्ना फोन भित्र्याएको हो ।
युनिकर्नले पुराना नियमलाई परिवर्तन गर्दै, परम्परालाई भत्काउँदै र फ्ल्यागसिपलाई पुनःपरिभाषित गर्दै मोबाइल फोन बजारमा ल्याएको जनाएको छ ।
नयाँ युनिकर्न नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर कायमुमा विशेष रूपमा उपलब्ध हुनेछ र कायमुको आउँदो ब्ल्याक फ्राइडे उत्सवमा विशेष मूल्यमा उपलब्ध गराउने जनाएको छ । यो अनलाइन उत्सव यही नोभेम्बर २५ तारिखदेखि नोभेम्बर २८ सम्म आयोजना हुनेछ । फोनमा सहजकिनारासहितको घुमाउरो २.५ डी ग्लास रहेको छ ।
मेटल बडीमा निर्मित मिडियाटेक हेलियो पी १० फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । चार जीवी ¥याम र ३२ जीवी रोम रहेको फोन सुनौलो र चाँदी रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
१३ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको युनिकर्नमा फिंगरप्रीन्ट सेन्सर रहेको छ । चार हजार एमएएच ब्याट्री रहेको यो फोन एन्ड्रोइडको ५.१.१ भर्सनमा सञ्चालित रहेको कम्पनीले जनाएको छ ।