म्याक्स मनी र सिटी एक्सप्रेसबीच सम्झौता

म्याक्स मनी र सिटी एक्सप्रेसबीच सम्झौता

काठमाडौं ः म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । नोभेम्बर महिनादेखि आपसी रूपमा रकम आदान–प्रदानका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । योसँगै म्याक्स मनी मलेसियाबाट पठाएको रकम सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट प्राप्त गर्ने सकिने भएको छ ।

म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत अब्दुल हामिदले म्याक्स मनी नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको बताए । उनले यसबारे मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रकम पठाउन सक्ने जनाएका छन् ।

कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले मलेसियाको सबैभन्दा विस्तारित रेमिटेन्स सेवा प्रदायक म्याक्स मनीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । उनले मलेसियाबाट भित्रिने रकमका लागि आफ्ना पाँच हजारभन्दा बढी स्थानबाट सहज रूपले सेवा दिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.