म्याक्स मनी मलेसिया र सिटी एक्सप्रेसबीच सहकार्य गर्ने सम्झौता
म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सहकार्य गर्ने सम्झौता गरेका छन् । दुई कम्पनीले यही नोभेम्बरदेखि रकम आदान प्रदान सेवामा सहकार्य गर्ने गरी सम्झौता गरेका हुन् ।
यो सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार हुनुका साथै अब सिटी एक्सप्रेसका काउन्टरबाट म्याक्स मनीको सुविधा पाइनेछ ।
म्याक्स मनी नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउन कसरत गरिरहेको बताउँदै म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले भने-'दुई कम्पनीबीचको सम्झौताले मलेसियामा रहेका हजारौँ नेपाली बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स पठाउन सक्नेछन् । '
सम्झौता हस्ताक्षरका क्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भने-'मलेसियाको सबैभन्दा बिस्तारिक रेमिटान्स सेवा प्रदायक म्याक्स मनीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले मलेसियाबाट भित्रिने रकमका लागि हाम्रा पाँच हजारभन्दा बढी स्थानहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।'
म्याक्स मनी मलेसियाको रकम सेवा व्यवसायको पूर्ण अनुमतिपत्र प्राप्त गर्ने पहिलो कम्पनि हो जसलाई ब्याङ्क नेगारा मलेसियाले सञ्चालन गरिरहेको छ । म्याक्स मनी विगत ३० वर्षदेखि सञ्चालनमा छ ।
त्यस्तै नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालका हरेक कुनामा सेवा पुर्याई जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्र्याउने सेवा उपलब्ध गराउँछ ।