सिप्रदीको ग्लोबल सर्भिस क्याम्प सम्पन्न

सिप्रदीको ग्लोबल सर्भिस क्याम्प सम्पन्न

काठमाडौः नेपालभरि रहेका सिप्रदीका २४ वटै सर्भिस सेन्टरमा एकैसाथ सञ्चालन भएको ग्लोबल सर्भिस क्याम्प बुधबार सम्पन्न भएको छ ।

मंसिर ६ देखि ८ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पमा तीन हजार एक सय ६२ टाटा कमर्सियल भेइकलको निःशुल्क सर्भिस गरिएको थियो । साथै ब्याट्री, इलेक्ट्रिकल चेकअप, फ्युल इन्जेक्सन, पम्प चेकअप र म्याक लुब्रिकेन्ट्समा २० प्रतिशत छुट तथा टाटा जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत छुट प्राप्त गरेका थिए ।

त्यसै अवसरमा सात सय १५ जनाले निःशुल्क आखाँ जाँच, ११ सयले निःशुल्क स्वस्थ्य जाँच, पाँच ६२ जनाले सुरक्षित ड्राइभिङ सम्बन्धी तालिम, दुई सय ४५ जनालाई एचआइभी एड्स जनचेतना तालिम र ४० जना ग्राहक करिअर काउन्सिलिङ तालिममा सहभागी भएको कम्पनीले जनाएको छ ।

समापन समारोहमा टाटा मोटर्स ग्राहक सेवा इन्टरनेसनल विजनेस हेड गणेश सेठ्ठी तथा टाटा मोटर्स ग्रहाक सेवा क्षेत्रीय प्रवन्धक सार्क अन्सुमन सामन्त को पनि उपस्थिति रहेको थियो ।

त्यस अवसरमा टाटा मोटर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘सार्क लेभल स्किल फेस्ट च्याम्पियनसीप २०१६' का विजेता इन्जिनियर सन्दिप गुरुङलाई ५० हजारको चेक, ट्रफी तथा प्रमाणपत्रले सम्मान गरेको थियो । त्यसैगरि नेपालकै सिप्रदी ट्रेडिङ प्रालिका प्राविधिक राजेशहरि श्रेष्ठलाई एक लाख २५ हजारको चेक, ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.