वोमीलाई उत्कृष्ट करदाता सम्मान
काठमाडौः वोमी माइक्रोफाइनान्सलाई धादिङ जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ ।
पाँचौ कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व विभागद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्थाका कार्यकारी अधिकृत प्रमेश आचार्यलाई सम्मान प्रदान गरिएको हो ।
सम्मान ग्रहण गर्दै कार्यकारी अधिकृत आचार्यले लगातार दुई आर्थिक वर्ष नै धादिङ जिल्लाबाट उत्कृष्ट करदाताको रूपमा सम्मानित भएकोमा खुसी व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट १५ जिल्ला कार्य क्षेत्र रहने गरी स्वीकृत प्राप्त गरेको सो लघुवित्तमा हाल १४ जिल्लाका विभिन्न २१ स्थानहरूमा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
संस्थाको पाँचौ वार्षिक साधारण सभा आगामी मंसिर ३० गते नौबिसे, धादिङमा बस्ने तय भैसकेको जनाएको छ । उक्त साधारण सभाले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर तथा १.०८ प्रतिशत नगद लाभांश स्वीकृतीका लागि प्रस्ताव गरिनेछ ।