गुहेश्वरी बैंकको शाखा विस्तार
काठमाडौः गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले बुधबार दमकमा सातौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन दमक उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेज्द्र ढकालले गरेका छन् । बैंकिङ सेवामा एटीएम, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न विप्रेषण तथा डीपी सेवा प्रदान गर्दै आएको गुहेश्वरी बैंक यस वर्षको उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ ।
आयकरतर्फ आर्थिक वर्ष २०७१/२०७२ मा सबैभन्दा बढी कर दाखिला गरेकोमा उक्त संस्थालाई आन्तरिक राजस्व कार्यालय ललितपुरले सम्मान गरेको हो ।