बूढीगण्डकी प्रभावितले प्रतिरोपनी पाँचदेखि ८ लाखसम्म मुआब्जा पाउने

बूढीगण्डकी प्रभावितले प्रतिरोपनी पाँचदेखि ८ लाखसम्म मुआब्जा पाउने

काठमाडौंः बाह्र सय मेगावाट क्षमताको जलासययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा निर्धारण समितिले स्थानीय पाउनेको जग्गाको मूल्य निर्धारण गरेको छ।

यसअघि मुआब्जा निर्धारण समितिले मुआब्जा वितरणका लागि ११ वटा मोडालिटी तयार गरेको थियो। त्यही ११ वटा मोडालिटीको आधारमा प्रतिरोपनी न्यूनतम पाँच देखि अधिकतम् ८ लाख रुपैयाँ सम्म मुआब्जा दिने गरी मूल्य निर्धारण गरेको हो। 

मुआब्जा वितरणका लागि समितिले बारी र खेतका लागि अब्बल, दोएम, सीम र चाहार गरी चार–चारवटा मोडालिटी तयार गरेको थियो। यसैगरी बस्ती वरिपरी नक्साङ्कन भएको बाटो आसपास, मूल बाटोको दायाँ बायाँ भएर निर्माण भएको सडकको दायाँ बायाँको बस्ती र मूल बाटोको दायाँ बायाँ बसेको घना बस्तीलाई छुट्टाएर मुआब्जा वितरणका समितिले लागि ११ वटा मोडालिटी तयार पारेको थियो।

जस अन्तर्गत बारीको चाहार जग्गालाई प्रतिरोपनी पाँच लाख रुपैयाँ मुआब्जा दिइनेछ। सबैभन्दा बढी मूलबाटोको दायाँ बायाँ रहेका घना बस्तीको जग्गालाई प्रतिरोपनी ८ लाख रुपैयाँ दिइने बूढी गण्डकी विकास आयोजनाका निर्देशक डा. लक्ष्मीप्रसाद देवकोटाले जानकारी दिए।

मूल्य निर्धारण गोरखाको आरुघाट बजार, आरखेत र खहरे बजारमा भने लागू हुने छैन। गोरखाका सिडियो नारायणप्रसाद भट्टको नेतृत्वको गोरखा जिविसमा बसेको मुआब्जा निर्धारण समितिको बैठकले मूल्य निर्धारण गर्दा धनीलाई अति नै धनी नबनाउने र गरीबलाई झन् गरीब नबनाउने गरी सरकारी नियमित व्यवस्था र अन्य विकास आयोजनाका कामलाईसमेत आधार बनाएर मूल्य निर्धारण गरिएको निर्देशक देवकोटाले जानकारी दिए।

मुआब्जा वितरणका लागि मूल्य निर्धारण भएपनि त्यसमा हस्ताक्षरण हुन भने बाँकी रहेको देबकोटाले बताए। यसअघि विगतमा आयोजनाका लागि छुट्टाइएको बजेट खर्च हुन सकेको थिएन। गत वर्षमात्रै मुआब्जाका लागि विनियोजन गरिएको २ अर्ब ९० करोड रुपैयाँ फ्रिज भएको थियो।

चालु आर्थिक वर्षमा भने सरकारले मुआब्जा वितरणका लागि ५ अर्ब सरकारी कोषबाट र करिब ७ अर्ब रुपैयाँ पेट्रोलियम पूर्वाधार करबाट उठाउने गरी करिब १२ अर्ब रुपैयाँ विनियोग गरेको छ। विकास आयोजनाबाट २७ गाविस प्रभावित हुनेछन् भने झन्डै ५० हजार जनसंख्या पनि विस्थापित हुनेछन्।


समितिले जग्गा धनीलार्इ दिन मुअाब्जा दिन तयार गरेको मूल्य

१. बारी चाहार– प्रतिरोपनी पाँच लाख रुपैयाँ
२. बारी सीम– प्रतिरोपनी पाँच लाख ३० हजार रुपैयाँ
३. बारी दोएमः प्रतिरोपनी पाँच लाख ६० हजार रुपैयाँ
४ बारी अब्बल– प्रतिरोपनी पाँच लाख ९० हजार रुपैयाँ
५. खेत चाहार–प्रतिरोपनी ६ लाख तीस हजार रुपैयाँ
६. खेत सीम–प्रतिरोपनी ६ लाख ५० हजार रुपैयाँ
७. खेत दोएम– प्रतिरोपनी ६ लाख ८० हजार हजार रुपैयाँ
८. खेत अब्बल–प्रतिरोपनी ७ लाख १० हजार रुपैयाँ
९.बस्ती र वरीपरी नक्साङन भएको जग्गाः प्रतिरोपनी ७ लाख ४० हजार रुपैयाँ
१०.मूल बाटोको दायाँबायाँ भएर निर्माण भएको सडकको दायाँ बायाँको बस्तीः प्रतिरोपनी ७ लाख ७० हजार रुपैयाँ
११. मूलबाटोको दायाँ बायाँ बसेको घनाबस्तीः प्रतिरोपनी ८ लाख रुपैयाँ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.