एक शिक्षकको भरमा विद्यालय सञ्चालन

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

बैतडी: आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ ।

विसं २०५० मा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रधानाध्यापक कर्णबहादुर मडैले जानकारी दिए।

विद्यालयसँग आर्थिक स्रोत छैन उनले भने,'निजीस्रोतबाट राखेको एकजना शिक्षकलाई समेत आर्थिक अभावमा तलब भत्ता खुवाउन सकिएको छैन।' कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीको पढाइ कमजोर बन्दै गएको स्थानीय अभिभावक धर्मसिंह मडैले जानकारी दिए।

भौगोलिक हिसाबले पनि विकट क्षेत्रमा रहेको विद्यालयमा दुई जना शिक्षकले पाँचवटा कक्षा सञ्चालन गर्नु परिरहेको र कुनै शिक्षक अनुपस्थित भएमा एक जनाले कक्षा ५ कक्षासम्म अध्यापन गर्नुपर्ने बाध्यता रहिआएको रौलेश्वर पूर्व विद्यार्थी समाजका अध्यक्ष रीजन मडैले बताए।

शिक्षा ऐन २०२८ को आठौँं संशोधन अनुसार नयाँ ऐन आइसकेको र नियमावली आउन लागेकोले रिक्त दरबन्दी भए दरबन्दी मिलान गर्न सकिने तर थप दरबन्दी भने तत्काल दिन नसकिने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.