एक करोड बीस लाख सिमकार्ड निष्क्रिय

एक करोड बीस लाख सिमकार्ड निष्क्रिय

हनोई: दर्ता नभएका वा मोबाइल फोनमा अवैधानिक रूपले चलनचल्तीमा ल्याइएका एक करोड बीस लाख सिमकार्डहरू सरकारले निष्क्रिय पार्ने भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

भियतनामको सूचना तथा सञ्चार ऐनले व्यवस्था गरेअनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नुअघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेख गरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालयमा विधिवत् दर्ता गर्नु पर्छ ।

केही व्यवसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री वितरण गरिरहेको बताइएको छ । यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानुनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाइ गर्न लागेको हो ।

सिमकार्ड व्यवसायीहरूले विशेषगरी विदेशी पर्यटक तथा जो कोहीलाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ती सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्रायः असम्भव भएको छ । यसैकारण दर्ता नभएका वा अवैधानिक रूपले चलनचल्तीमा ल्याइएका एक करोड बीस लाख सिमकार्डहरू निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो।

सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको छ । तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरू निष्क्रिय पारी कानुनी कारबाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.