बोक्सीको आरोपमा वृद्ध महिलामाथि कुटपीट

बोक्सीको आरोपमा वृद्ध महिलामाथि कुटपीट

वीरगन्ज: पर्सामा बोक्सीको आरोपमा एक वृद्ध महिलामाथि कुटपीट भएको छ। कुटपीटबाट वृद्ध महिला घाइते भएकी छिन्। पर्साको बहुअर्वाभठा–६ गर्दौलकी ६० वर्षीया राधिका देवी तुराहालाई छिमेकी रामानन्द बिन र उनका छोरा मुकेश बिनले बोक्सीको आरोपमा कुटपीट गरी घाइते बनाएको पीडित राधिका देवीका छोरा बैजनाथ साह तुराहाले बताए ।

कुटपीटबाट घाइते राधिकाको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गरिएको छ । उनको टाउकोमा चारवटा टाँका लगाइएको छ। बिहीबार बेलुकी घरमा बुहारी मात्रै भएको बेला राधिकालाई छिमेकी रामानन्दले काम छ भनि घरमा बोलाएर बोक्सीको आरोपमा कुटपीट गरेको पीडित राधिका देवीले बताइन्।

‘भाउजु काम छ मेरो घरमा हिड्नुस् भनेर रामानन्दले बोलाएर आफ्नो घरमा लगे। जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि शुक्रबार अपरान्ह भेटिएका राधिका देवीले अन्नपूर्ण पोष्टसंग भनिन्,‘घरमा पुग्ने बित्तिक्कै रामानन्द र उनका छोरा मुकेश दुवै जनाले त बोक्सी होस्, मेरो घरको बच्चालाई तन्त्रमन्त्र गरेर बिरामी पारेकी छस्, छिट्टो निको पार भन्दै लाठीले मेरो टाउकोमा हिर्काए, म बेहोश भएर लडे।’

रामानन्द र उनका छोरा मुकेशले राधिका देवीलाई कुट्न थालेको देखेर गाउँलेहरुले होहल्ला गरेपछि घटनास्थलमा पुगेका पीडित वृद्धाका छोरा बैजनाथले आफ्नी आमाको उद्दार गरेर उपचारका लागि बिहीबार राति नै वीरगन्जको अस्पतालमा पुर्याएका थिए। बोक्सीको आरोप लगाउँदै राधिका देवीलाई कुटेर घाइते बनाउने रामानन्द र उनका छोरा मुकेश दुवै जना बिहीबार रातिदेखि नै घर छाडेर फरार भएका छन्। पीडित राधिका देवी र उनका छोरा बैजनाथले शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा रामानन्द र उनका छोरा मुकेशविरुद्ध उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्र महिला सेलले पीडितको उजुरीको आधारमा आरोपित मध्येका मुकेश बिनलाई नियन्त्रणमा लिएर २४ घण्टाभित्र जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन प्रहरी चौकी बहुअर्वाभाठामा पत्रचार गरिएको जानकारी दिएको छ।
पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.