४० अाै‌ साताका विजेतालाई पुरस्कार हस्तान्तरण

४० अाै‌ साताका विजेतालाई पुरस्कार हस्तान्तरण

इटहरीः अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाले सञ्चालन गरेको वार्षिक ग्राहक उपहार योजनाअन्तर्गत ४० औं साताका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

‘नपर्ने त कुरै छैन’ योजनाअन्तर्गत इटहरीमा पिके पोल्ट्रीका सञ्चालक निर्मल श्रेष्ठलाई यो साताको पुरस्कार परेको थियो । शुक्रबार एक कार्यक्रमकाबीच नागरिक समाज इटहरीका सचिव तथा संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार वितरण समारोहमा अन्नपूर्णका प्रेस इन्चार्ज नरेश दाहाल, इटहरीका वितरण विभाग प्रमुख पर्शुराम पाण्डेलगायतको उपस्थिती थियो । पुरस्कार प्राप्त गरेकोमा श्रेष्ठले खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सचिव केसीले यस्ता कार्यक्रमले ग्राहकसँगको सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने बताए । उनले जनताको सुचनाको हकलाई संस्थागत गर्न र गाउँठाउँका घटनालाई पनि जनसमक्ष ल्याउन अन्नपूर्ण पोष्टले खेलिरहेको भूमिकाको पनि प्रशंसा गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.