माओवादीको केद्रिय कमिटीको बैठक जारी
काठमाडौं: नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक अहिले जारी छ । माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा संविधान संशोधन, सत्तारुढ दलसँग भइरहेको छलफल, मधेस केन्द्रित दलसँग भएका कुराकानी तथा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधबार मधेस केन्द्रित दलसँग छलफल गरेको सत्तारुढ दलले तीन दिन भित्र संधिवान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने सहमित भए पनि शुक्रबार बसेको सत्तारुढ माओवादी र कांग्रेस बैठकले सहमतिका लागि अझै एक पटक सबैदलसँग सहमति गर्ने निष्कर्ष निकालेपछि शुक्रबार संशोधन प्रस्ताव दर्ता हुन सकेन । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ताको तयारी गरेको छ ।
आजै पोलिटव्यूरोको बैठक
यसैबीच नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो बैठक पनि आजैका लागि बोलाइएको छ । बैठक दिउँसो तीनबजेपछि पार्टी केन्द्रिय कार्यालय कोटेश्वर पेरिस डाँडामा बस्नेछ । बैठकमा संविधान संशोधनको तयारी, संशोधनका लागि पार्टीको धारणलगायतका विषयमा छलफल हुनेछ ।