म्याग्दीमा मलामी चढेको जीप दुर्घटना, दुईको मृत्यु

म्याग्दीमा मलामी चढेको जीप दुर्घटना, दुईको मृत्यु

बेनीः म्याग्दीको भकिम्ली–९, हल्लेगौडामा मलामी सवार बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ।

भकिम्ली गाउँबाट कालीगण्डकीमा मलामी आएका १० यात्रु सवार ग २ च २००६ नम्बरको जीप दुर्घटना शनिबार अपरान्ह हुँदा भकिम्ली–८ की ६२ बर्षीया गंगामनी छन्त्यालको घटनास्थलमै र लेखानी–६ बागलुङकी ६ बर्षीया युरिना रोकाको उपचारको क्रममा जिल्ला अस्पताल म्याग्दीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

भकिम्लीका धनबहादुर पुनको मलामी आएका उनीहरु उकालो सडकमा गाडी रोक्ने क्रममा दुर्घटनामा परेको खड्काले बताए। प्रहरीका अनुसार लेखानी–६ बागलुङकी २३ वर्षीया राजकुमारी रोका, उनकी ५ महिनाकी छोरी दिया, २८ वर्षीया मिना रोका, उनको १४ महिनाको छोरा युसन रोका, भकिम्लीका ४३ वर्षीया पूर्णकली पुन, ३० वर्षीया कोपिला छन्त्याल र ५० वर्षीया जुनकिरी पुन घाईते भएका छन्।

घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उकालो सडकबाट जीप करिब ५० मिटर तल खसेको थियो। चालक भकिम्ली–७ का लीला छन्त्याल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.