'सरकार लेण्डुप मार्ग '

'सरकार लेण्डुप मार्ग '

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरुले नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,' संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको हो ।

यो सरकार लेण्डुप दोर्जेको पदमा हिँड्न खोजेकोले देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ ।' संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताउँदै उनले भने,'मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ । एमालेले यस्तो कदापि हुन दिँदैन् ।' संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप रावलले लाए । प्रदेशको सिमांकनको विवाद समाधानको नाममा ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्विकार्य नभएको जिकिर गर्दै रावलले थपे,'तराई र पहाडलाई छुट्याउनको लागि संविधान संशोधन किन ? '

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक अन्र्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको कडा आक्रोश पोख्दै थपे,'महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्सयपद कुरा गर्न लाज लाग्दैन ।' उपप्रधानमन्त्री निधिले आफ्नो संयम गुमाएर बोलेको भन्दै यथाशिघ्र पदबाट राजिनामा दिएर घर जान रावलले चेतावनी दिए । राववले थपे,' निधि जी जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाईसकेको हो, अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।'

उनले एमालेले चीनसँगको तातोपानी नाका खोल्छु भन्दा यस्तो आरोप लगाउने कदापि राष्ट्रवादी हुन नसक्ने ठोकुवा गरे । देश र जनताको पक्षमा बोल्न नपाउने हो भने यो देशलाई लेण्डुप दोर्जेको पथमा हिडाउन खोज्नु भएको रावलको आरोप थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकालाई चुनाव गरेर देखाउन चूनौति दिए । रावलले थपे,'यो सरकारले चुनावको खाका कहाँ ल्यायो ? चुनावमा जाऔं, परिक्षा गरौं न ? चुनावबाट किन भाग्न खोजेको ? '

रावलले नेपाल र नेपाली जनताको हित विपरित आउने संविधान संशोधन प्रस्तावका एमालेले सशक्त विरोध गर्ने समेत कडा चेतावनी दिए । उनले वर्तमान सरकारले संविधान संशोधनको नाममा दुई तिहाई पुर्‌याउनको लागि अन्य पार्टीका नेताहरुलाई उपप्रधानमन्त्री पद दिन्छु भन्नु र पैसा दिन्छु भन्नेले पनि सरकारको कदमबारे राम्रो जानकारी भएको दाबी गरे ।

रावलले संविधानको व्यवस्था अनुसार प्रदेशको सिमांकन अहिले कुनै हालतमा परिवर्तन हुन नसक्ने दाबी गरे । रावलले थपे,'संविधानको धारा २७४ को उपधारा ४ मा प्रष्ट व्यवस्था गरिएको छ, यो धारा राम्रोसँग पढेहुन्छ ।' उनले संविधानमा बाधा भए बाधा हुने धाराहरु नै परिवर्तन गर्ने कुरा चलेको पनि आफूहरुले सुनेको बताउँदै भने,'संविधान भनेको घरको चिठ्ठी लेखेको हो र ? ' यस्तो अभिव्यक्ति दिनु भनेको तानाशाहको मृत्त आत्मा बोल्नु भएको टिप्पणी गरे । उनले संशोधन प्रस्ताव संसदबाटै पारित नहुने समेत ठोकुवा गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.