'राष्ट्रपति निर्वाचनको पुन: मतगणना अवैध'

'राष्ट्रपति निर्वाचनको पुन: मतगणना अवैध'

वासिङटनः संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनको पुनः मत गणनाको मागलाई अवैध माग भनेका छन् । ग्रिन पार्टीका तर्फबाट विस्कन्सिन राज्यमा पुनः मतगणनाको माग गरिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले भने, 'अमेरिकी नागरिकले मतदान गरिसकेका छन् । चुनाव सक्इिसकेको छ ।' ग्रिन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जिल स्टाइनले पुनः मत गणना गर्नुपर्ने माग गर्दै निवेदन दिएकी छन् । उनले जसरी भए पनि पुनः मत गणना गर्नुपर्ने दबाव दिन र्‌याली पनि आयोजना गरेका छन् । उनले मिसिगन र पेन्सिलभानिया राज्यमा पनि फेरि मत गन्नुपर्ने माग गरिरहेका छन् ।

अमेरिकामा नोभेम्बर ८ तारिखमा भएको चुनावमा ट्रम्पले पेन्सिलभानिया र विस्कन्सिनमा अनपेक्षित रूपमा निकै कम मत अन्तरले हिलारीलाई हराएका थिए । मिसिगन राज्यमा पनि कम मत अन्तरले ट्रम्पले बाजी मारेका थिए । डेमोक्र्याट उम्मेदवार हिलारीले चुनावको परिणाम आएलगत्तै जनमतको सम्मान गर्ने बताएको पनि उनले स्मरण गराए ।

ट्रम्पले जनताको मतको सम्मान गर्न आग्रह गरेका छन् । चुनौती र गाली दिनुको साटो जनमतको सम्मान गर्नु प्रजातान्त्रिक व्यवहार भएको उनको भनाइ छ । ट्रम्पले ग्रिन पार्टीका उम्मेदवारले पैसा कमाउन यस्तो माग गरेको पनि आरोप लगाएका छन् । पुनः मतगणनाका लागि मागकर्ताले निश्चित रकम बुझाउनुपर्ने हुन्छ । यसै बहानामा स्टाइनले चन्दा पनि उठाउन सुरु गरेकी छन् । यसबाट ग्रिन पार्टीमा ठूलो रकम उठेको छ । विस्कन्सिन राज्यको निर्वाचन आयोगले पुनः मतगणना गर्न स्वीकार गरिसकेको छ ।

प्रदर्शनमा क्लिन्टन सहभागी

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनले वासिङटनमा पुनः मत गणना गर्न माग गदै भएको प्रदर्शनमा सहभागिता जनाएकी छन् ।

'हामीलाई यो अत्यावश्यक लागेको छ, कानुनी व्यवस्था हेर्दा पनि यो गर्न मिल्ने देखिन्छ', क्लिन्टनका वकिल मार्क एलिसले एक वक्तव्य जारी गरी बताएका छन् । पुनः मतगणनाको गणनाको निर्णयमा पुर्‌याउन दबाव स्वरूप अभियान चलाइएको र मत गणना पुनः हुनेमा क्लिन्टन समूह विश्वस्त देखिएको छ । ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले गत शुक्रबार मत फेरि गणना गर्न माग गर्दै निवेदन दर्ता गरेकी थिइन् । त्यही माग गर्दै स्टेनले गराएको प्रदर्शनमा क्निटन सहभागी भएकी हुन् । राष्ट्रपतीय निर्वाचनमा निकै कम मतान्तर रहेका तीनओटा राज्यमा पुनः मत गणना गर्न माग गरिएको छ ।

क्लिन्टनले नतिजा उल्ट्याएर डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस जानबाट रोक्न भने धेरै नै 'इलेक्ट्रोरल' भोटको आवश्यकता पर्दछ ।

चुनाव परिणाम स्विकार्छौं: ह्वाइट हाउस

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको परिणाम स्वीकार गरेको बताएको छ । निर्वाचनमा साइबर हमला भएर फरक परिणाम आएको विवाद उठ्न थालेपछि शुक्रबार राष्ट्रपति कार्यालयले यस्तो जानकारी दिएको छ ।

अमेरिकामा चुनावका बेला रूसले ह्याक गरेकाले डोनाल्ड ट्रम्पका पक्षमा अप्रत्याशित बहुमत आएको आवाज उठ्न थालेका छन् । यस्तो बेलामा अमेरिकी निर्वाचनमा कुनै पनि खाले ह्याकिङ नभएको बताउँदै ओबामा प्रशासनले उक्त नतिजा स्वीकार्य भएको स्पष्ट पारेको छ ।

चुनावका बेला ट्रम्प रूसप्रति नरम भएको र उनलाई रूसी राष्ट्रपति पुटिनको सहयोग र सद्भाव भएको भन्ने समाचार आएका थिए । अमेरिकी सञ्चारमाध्यम र विश्लेषकहरूले डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनले सजिलै जित हात पार्ने दाबी गर्दै आएका थिए । निर्वाचनमा यस विपरीत ट्रम्पको सानदार विजय भएपछि रूसले निर्वाचनमा ह्याकिङ गरेर परिणाम ट्रम्पको पक्षमा पारेको आरोप लगाउन थालिएको थियो ।

यसै कारण रूसले शरण दिएका एडबर्ड स्नोडेनले हिलारीलाई हराउन विदेश मन्त्रालयका सूचना लिक गर्दै हिलारीको विपक्षमा जनमत खडा गरेको केही अमेरिकीको आरोप छ ।

एक अधिकारीले भने, 'जेसुकै भनिए पनि हामीले निर्वाचनको परिणाम स्वीकार गर्छौं । यसमा अमेरिकी जनताको मत स्पष्ट रूपमा अभिव्यक्त भएको छ ।' अमेरिकी चुनाव प्रक्रियामा केही व्यवधान पुगेका समाचार आएपछि संघीय सरकारले यसको बारेमा अनुसन्धान गरेको र त्यस्ता कुनै गतिविधि फेला नपरेको ती अधिकारीले स्पष्ट पारेका छन् ।

विस्कन्सिन, पेनसिल्भानिया र मिसिगनमा ट्रम्पको विजयलाई अनुमानविपरीत भन्दै आश्चर्य व्यक्त गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.