नमूना बन्दै मदिरा निषेधित गाउँ
मुसिकोट: यो जमानामा मदिराजन्य पदार्थ अर्थात जाड-रक्सी नखानेहरुको संख्या अत्यान्त न्युन नै पाईन्छ । यस्तो बेला पुरा गाँउलाई नै मदिरा निशेधित गाँउ बनाउनु कम चुनौतिपुर्ण काम होईन तर यही चुनौती मोलेर गाँउलाई मदिरा मुक्त गाँउ बनाई नमुना वस्तीमन रुपमा चिनाउन कस्सिएका छन् रुकुमको एक गाँएका महिलाहरु ।
सदरमुकाम खलंगादेखी ३३ किलोमिटर उत्तर पुर्वमा पर्ने पोखरा गाविसका वडा नं. १ र ४ का सबै महिलाहरु एक भएर लागेपछी सुरुमा 'असम्भव' भनेर भनिएको अभियान अहिले सफल भएकोछ भन्छिन् यस अभियानकी अगुवा पोखरा ४ कि नुमेन्द्रा खडका । 'पहिले त हामीलाई केहीले गाली नै गरे' नुमेन्द्रा भन्छिन् 'जब यो अभियान सफल भयो अहिले तिनैले सहयोग गरिरहेका छन् ।'
दिनदहाडै रक्सी खाएर गाँउमा अशान्ति मच्चाउने र परिवारमा समेत कलह हुने समस्याबाट आजित यहाँका महिलाहरु एक भएपछि मात्र यो अभियान सफल भएको अभियन्ताहरु बताउछन् । पहिले-पहिले रक्सी खाएर साँझपख झगडा गर्न मात्रै घर आईपुग्ने आफ्ना श्रीमान अहिले गाँउमा रक्सी नै पाईन छाडेपछी भने दिनभरी घरको काममा सघाईरहेको र घर-परिवारमा पनि शान्ती छाएको भनाई छ यहाँकी एक जना महिलाको । 'घरमा भएको थोरै पैसा पनि लिएर फजुल खर्च हुन्थ्यो अहिले बचत भैरहेको छ ।' उनी भन्छिन् 'अहिले त श्रीमानले घरको काममा पनि सघाँउछन् र हाम्रो अभियानलाई पनि ।'
स्थानिय मेला-पर्व र चाडवाडहरुका बेला सधैजसो झै-झगडा नै हुने यो गाँउमा यस बर्षदेखी भने निकै रमाईलो गरी सद्भावपुर्ण तरिकाले चाडवाड मनाईरहेको र यस अभियानले सिंगो जिल्लालाई नै सकरात्मक सन्देश दिएको जनता माध्यामिक विद्यालय पोखराका प्रधानाध्यापक कलु खड्का बताउछन् । सुरुमा केही थोरै महिलाले स्वयमसेवी भएर थालेको मदिरामुक्त गाँउ निर्माण अभियानमा अहिले भने गाँउभरीका सबै महिला र पुरुषको साथ रहेको र यसले एउटा एकताको सन्देश पनि दिएको स्थानिय नेता पशुपती खड्का बताउछन् ।
सुरुमा महिलाहरुले गाँउमै उत्पादन हुने गरको घरयसी मदिरा उत्पादनमा बन्देज लगाउने अभियान थाले र यो सफल भएपछि त्यसपछिको चुनौती थियो लाईसेन्सवाला मदिरा पसलहरु बन्द गराउने र पसल अनि होटेलमा बेच्न राखिएको मदिरा बेच्न निशेध गर्नै यसकबा लागी आफहुरु जिल्ला प्रशासन कार्यालय सम्म पुगेको र स्थानिय प्रशासनको सहयोगमा निश्चित अवधी तोकी उक्त पसलहरु पनि हटारईसकिएकोले आफुहरु सफल भएकोमा गर्भका साथ प्रस्तुत हुन्छीन् पोखरा १ कि जयकुमारी केसी ।
'पहिले त घरको मदिरा हटायौं पछि बजारको मदिरा हटाउन समस्या हुन्छ भन्ने लागेको थियो ।' केसी भन्छिन् 'प्रशासनको कार्यालयको सहयोगमा त्यो पनि सम्भव भयो र हामी सफल भयौ ।' गाएलाई रक्सी मुक्त बनाएपछि अब गाँउलाई नमुना गाँउ बनाउन काम भैरहको र आफहहरु गाँउका सबै भद्र-भलाद्मीको सहयोगमा गएलाई कसरी नमुना बनाउन सकिन्छ भनेर लागिपरको केसीको भनाई छ ।
गाँउमै प्रहरी चौकी नहुनुले पनि समस्या भएकोले तत्कालन अस्थाई भएपनि चौकी स्थापना गर्नुपर्ने माग छ यहाँका स्थानिय जनताको । हाल पोखरा र पिपल गाविसलाई हेर्ने गरी छिमेकी पिपल गाविसको जिपु गाँउमा प्रहरी चौकी छ । पोखरा गाँउबाट हिडेर जादाँ कम्तीका एक घण्टाको दुरीमा रहेको प्रहरी चौकीबाट गाँउसम्म तत्काल प्रहरी पुग्न गाह्रो हुने र गाँउको सुरक्षा व्यवस्थामा समस्या हुन सक्ने खतरा देख्छन् यहाँका अर्को अगुवा दिलबहादुर केसी ।
सिंगो जिल्लालाई नै सन्देश दिनेगरी गाँउलाई नुमना बनाउन लागेकोमा रुकुमको स्थानिय विकास विकास अधिकारी नरेन्द्र कुमार राणाले उक्त गाउँका महिलाहरुको मुक्त कण्ठले प्रशंसा गरेका छन् । केही घरमा परिक्षणका रुपमा होस स्टे समेत संन्चालन गरिहेको यहाँका स्थानिय चाडै गाँउलाई नमुना बनाउन गुरुयोजना बनाएर लाग्ने र यसलाई पर्यटकिय नुमना गाँउ बनाई छाड्ने योजनामा यो गाँउ नै लागेको छ ।