पैदल यात्रु जोखिममा

पैदल यात्रु जोखिममा

काठमाडौं: उपत्यकामा सडक संरचनाका कारण पैदलयात्रुमा अझै दुर्घटना जोखिम बढेको छ । यो आथिक वर्ष (आव) २०७३/०७४ मा भएका दुर्घटनामा कूल मृत्यु संख्या ४५ मध्ये १५ जना पैदलयात्रुले मात्रै ज्यान गुमाएका छन् ।

आव २०७०/०७१ देखि २०७२/०७३ सम्ममा भएका दुर्घटनामा भएको मृत्यु संख्यालाई आधार बनाउँदा ट्राफिक प्रहरीले औषतमा ३० देखि ३५ प्रतिशत पैदलयात्रुको मृत्यु हुने गरेको बताउँदै आएको थियो । तर, यो आव देखि ट्राफिक प्रहरीले पैदलयात्रुको मृत संख्या समेत संकलन गर्न सुरु गरेको छ । यो आवको चौमासिक श्रावण देखि कात्तिक सम्ममा मात्रै १५ जना पैदलयात्रुले ज्यान गुमाएपछि ट्राफिक प्रहरी झस्किएको छ ।

महाशाखाका डिएसपी सविन प्रधानका अनुसार आव २०७०/०७१ मा कूल चार हजार ६ सय ७२ वटा सवारी दुर्घटनामा एक सय ४३ जनाले ज्यान गुमाएका थिए । त्यसैगरि आव २०७१/०७२ मा भएको दुर्घटनासंख्या चार हजार तीन सय ३२ वटा दुर्घटनामा एक सय ३३ जनाले ज्यान गुमाएका थिए । आव २०७२/०७३ मा चार हजार तीन सय २३ वटा दुर्घटनामा एक सय ६६ जनाले ज्यान गुमाएका थिए । यी तीन वटै आर्थिक वर्षमा कति पैदलयात्रुले ज्यान गुमाएको एकिन तथ्यांक नभएपछि औषतमा ३० देखि ३५ प्रतिशत पैदलयात्रुले ज्यान गुमाउँदै आएको दावी ट्राफिक प्रहरीले गर्दै आएको थियो ।

यो आव २०७३/०७४ मा कात्तिक सम्ममा एक हजार आठ सय ६९ वटा दुर्घटना भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा १५ जना पैदलयात्रु, स्कुटी र मोटरसाइकल गरि १७ जना र अन्य सवारीसाधनगरि १३ जनाले ज्यान गुमाएको जानकारी डिएसपी प्रधानले दिए । ' दुर्घटनामा मृत्यु भएका संख्यालाई अधार मान्ने हो भने ५० प्रतिशत पैदलयात्रुको मृत्यु भएको देखिन्छ, यो डरलाग्दो अवस्था हो,' प्रधानले भने ।

महाशाखाका अनुसार दुर्घटना घट्नुमा चालकमा आएको केही सावधानी र ट्राफिक प्रहरीले गरेका विभिन्न सचेतनामूलक कार्यक्रममा र कारबाहीलाई आधार मान्न सकिन्छ । ' ट्राफिक प्रहरीले लेन अनुशासनमा कारबाही गरेपछि सडक प्रयोकर्ता (चालक) मा नियम मान्नुपर्छ भन्ने हेक्का अलिकति बढेर गएको देखिन्छ, जथाभावी ओभरटेक र असिमित गतिमा हाँक्ने चालकहरु अहिले केही हदसम्म नियन्त्रणमा आएका छन्, दुर्घटना घट्नु यसैको उपज हो, डिएसपी प्रधानले भने,' तर अझै पनि ट्राफिक नदेखेपछि चालकमा नियम तोड्ने प्रवृत्ति कायमै छ ।'

पैदलयात्रु बढी जोखिममा रहेको प्रसंगमा प्रधानले भने,' सडकमा हुनुपर्ने संरचना अझै विकास भएको छैन, जेब्रक्रस, सडक लेन र फुटपाथको संरचना अझै जति हुनुपर्ने हो त्यति बनेका छैनन्, यसले पैदलयात्रुहरु अझै सडकमै हिड्नुपर्ने बाध्यताले पनि जोखिम बढेको हो ।' चालकमा केही सावधानी देखिएपनि पैदलयात्रुमा भने अझै असावधानी देखिन्छ । ' जेब्राक्रसबाटै बाटो काट्नुपर्ने हो तर गाडी नआएको देखेपछि जथाभावी बाटो काट्ने प्रवृत्ति पैदलयात्रुमा अझै छ, आकोश पूलको सकभर प्रयोग गर्दैनन्, सडक पेटीमा भीड देखेपछि मूल सडकबाटै हिड्ने प्रवृत्ति पैदलयात्रुमा अझै छ, यसले पनि जोखिम बढेको हो, डीएसपी प्रधानले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.