संविधान संशोधन गर्न बाबुराम र उपेन्द्रबीच कार्यगत एकता
काठमाडौं: संविधान सशोधन गर्न बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच कार्यगत एकता भएको छ ।
दुई नेताले सोमबार सम्युक्त रुपमा एक विज्ञप्ति जारी गर्दै नेपाली जनताका विभिन्न आन्दोलनको परिणामस्वरुप हुन गइरहेको संविधान संशोधनको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुई पार्टीले वर्गीय, जातिय, लैगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गर्नुपर्ने दाबी गरेका छन् ।
दुई नेताले जारी गरेको विज्ञप्तिमा संशोधनले राष्ट्रिय पहिचानको मान्यता, अधिकार सहितको संघीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रादेशिक अधिकार क्षेत्रभित्र स्थानीय तह र विशेष संरचना रहने व्यवस्था लगायतलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन् ।
विज्ञप्ति हेर्नुस्: