बैंक अफ काठमाडौं र बुम रेमिटेन्सबीच सम्झौता
काठमाडौः बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड र बुम रेमिटेन्स प्रालिबीच सम्झौता भएको छ ।
आइतबारदेखि लागु हुनेगरि बुम रेमिटमार्फत विदेशबाट पठाएको रकम बैंक अफ काठमाडौं लुम्बिनीका सबै शाखामार्फत भुक्तानी लिन सकिने र बुम रेमिटमार्फत आन्तरिक विप्रेषणको सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंक अफ काठमाडौं लुम्बिनीका तर्फबाट प्रमुख रिसर्च, प्रोडक्ट डेभलपमन्ट तथा मार्केटिङ रितेस लामिछाने र बुम रेमिटका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
हाल बुम रेमिटले माल्दिभ्स र खाडी मुलूकबाट रेमिटेन्सको कारोबार गर्दै आएको छ । चाडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टेलिया, युरोप, इजरायल, भारत र अमेरिकाबाटसमेत कारोबार सुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तीब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने कम्पनीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए ।
उनले बुम रेमिटले विभिन्न बैंकसँग सहकार्यमा विदेशमासमेत बजार प्रवद्र्धन गरी नेपाली कामदारको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको जनाएका छन् ।