माछापुच्छे बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौः माछापुच्छे बैंकले शनिबार नारायणचौर नक्सालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविर करिब दुई सय जनाले स्वास्थ्य परीक्षण गराएको बैंकले जनाएको छ ।
मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणका साथै निःशुल्क रूपमा औषधीसमेत वितरण गरेका थिए ।
बढ्दो चिसोसँगै मुटुसम्बन्धी समस्या पनि बढ्ने हुँदा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थासँग सहकार्य गरी निःशुल्क शिविरका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकले वर्षभरि देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमको आयोजना गर्दै जाने बताएको छ ।