कामना र सेवा विकास बै‌ंक गाभिँदै

कामना र सेवा विकास बै‌ंक गाभिँदै

पोखराः केहीअघि कास्की फाइनान्ससँग मर्ज भएको कामना विकास बैंक अब बुटवलको सेवा विकास बैंकसँग गाभिने भएको छ । कामनाका अध्यक्ष राजेन्द्रनिधि कोइराला र सेवाका अध्यक्ष भीमप्रसाद तुलाचनले संस्था गाभ्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

गाभिएपछि संस्थाको चुक्तापुँजी १ अर्ब ९ करोड रुपैयाँ पुग्दैछ । नयाँ बन्ने संस्थाको नाम कामना सेवा विकास बैंक रहने भएको छ । कामना यसअघि नै राष्ट्रियस्तरको विकास बैंक हो भने सेवाले भने १० जिल्लाको कार्यक्षेत्रमा सेवा दिँदै आएको थियो ।

गाभिएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवामा त्यही जिम्मेवारीमा रहेका महेशप्रसाद काफ्लेले पाउने भएका छन् । कामनाका अध्यक्ष राजेन्द्रनिधि कोइरालालाई पनि पुरानै जिम्मेवारी दिने सहमति भएको छ ।

अहिले राजधानीबाहिरै रहेर केन्द्रीय कार्यालय चलाइरहेका संस्थाले काठमाडौंमा केन्द्रीय कार्यालय बनाउने भएका छन् । आउँदो चैतसम्ममा दुवै संस्था मिलेर एकीकृत कारोबार गर्ने तयारी रहेको कामनाका सीईओ तोयराज अधिकारीले बताएका छन् । मर्जपछिको संस्थामा अधिकारी डेपुटी सीईओ हुँदैछन् ।

मर्जपछि संस्थाको निक्षेप ११ अर्ब ५५ करोड रुपैयाँ र लगानी १० अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ । कामनाले ३० प्रतिशत र सेवाले १ सय २० प्रतिशत हकप्रद सेयर निस्कासन गरेर पुँजीवृद्धि पनि गर्दैछन् ।

त्यसपछि भने चुक्तापुँजी २ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तसम्ममा २ अर्ब ५० करोड रुपैयाँ पुँजी सहजै पुग्ने उनले बताए ।

मर्जपछि बैंक शाखा ४० वटा, १२ एटिएम र २ सय ८४ कर्मचारी पुग्ने जानकारी पनि अधिकारीले दिए । दुवै बैंकका गरी १ लाख ५६ हजार ग्राहक पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.