मनिपाल मेडिकल कलेजमा फेरि लफडा

मनिपाल मेडिकल कलेजमा फेरि लफडा

पोखराः तीन महिना बन्द भएर पढाइ चालु भएको मणिपाल मेडिकल कलेजमा शिक्षक डाक्टरहरुले फेरि आन्दोलनमा सुरु गरेका छन् ।

आन्दोलनका कारण चिकित्साशास्त्रको सातौं र नवौं सेमेस्टरका पढाइ ठप्प भएको छ । शैक्षिक क्यालेन्डर अनुसार पढाइ नहुँदा भविष्य अप्ठेरोमा परेको भन्दै विद्यार्थी र अभिभावक चिन्तित भएका छन् ।

भदौ ७ गतेबाट रोकिएको पढाइ गएको बिहीबारबाट चालु भएको थियो । आइतबारदेखि फेरि शिक्षक डाक्टरहरुले पढाउन छाडेका हुन् ।

मंसिर १ गते प्रमुख जिल्ला अधिकारी, अभिभावक र कलेज प्रशासनबीच वार्ता भएर सम्झौता भएअनुरुप पढाइ चालु भएको थियो ।

२ महिनाभित्र माग पूरा गर्ने सम्झौता विपरीत डाक्टरहरु आन्दोलनमा उत्रिएर पढाउन छाडेको आरोप कलेज व्यवस्थापनले लगाएको छ । आन्दोलित डाक्टरहरुले भने एक सातामै सम्झौता तोडिएको हुँदा फेरि आन्दोलन गर्नुपरेको बताएका छन् ।
अहिले पढाइ रोकिँदा प्रत्यक्षत ३ सय विद्यार्थी मारमा परेका छन् ।

उनीहरुले आफूहरु मानसिक पीडामा परेको बताएका छन् । सबै एकत्रित भएर आफ्ना गुनासो सुनाउन पत्रकारहरुमाझ आएका उनीहरुले पढ्न पाउने अधिकार हनन् भएको बताए । अभिभावक विश्वप्रकाश लामिछानेले पढाइ नहुँदा पनि फी बुझाइरहेको सुनाए ।

‘हामीले फी बुझाइरहेका छौं, शिक्षकहरुले नपढाए पनि तलब खाइरहनुभएको छ, व्यवस्थापकहरुको पनि तलब रोकिएको छैन', उनले भने, ‘सबैभन्दा मारमा विद्यार्थी परेका छन् ।'

शैक्षिक क्यालेन्डरअनुसार पढाइ नहुँदा विद्यार्थीले एक वर्ष गुमाउनुपर्ने स्थिति आएको पनि बताए । अर्का अभिभावक जगन गुरुङले विद्यार्थीले एक वर्ष गुमाउँदा अभिभावकलाई १०÷१५ लाख रुपैयाँ भार थपिने गुनासो गरे ।

‘सबैभन्दा ठूलो कुरा विद्यार्थीलाई परेको मानसिक पीडा हो, माल्दिभ्स र श्रीलंकादेखिबाट अभिभावकहरुले रुँदै फोन गरिरहनुभएको छ', अभिभावक लामिछानेले भने, ‘मनिपालको आन्दोलनले पोखरामात्रै होइन देशकै बेइज्जत भइरहेको छ ।' उनले फी तिर्न एक साता ढिला हुँदा पनि ब्याज लगाउने र अझै ढिला भए ताकेता गरेको गर्‍यै गर्ने प्रशासनले आफ्ना शिक्षकहरुलाई चित्त बुझाउन नसकेको आरोप लगाए ।

कलेजका प्राचार्य बीएम नागपालले विद्यार्थी फी नै मुख्य आर्थिक स्रोत भएको हुँदा तलब सोहीअनुसार वृद्धि गरिने सुनाए । उनले मंसिर १ को सम्झौताअनुसार विज्ञहरुको आयोग गठनपछि त्यसले भनेअनुसारका नीति लागु गर्न आफूहरु तयार रहेको पनि बताए । प्रत्येक २ वर्षमा तलब पुनरावलोकन गर्दै आएको पनि उनले बताए ।

अस्पतालमै पढाउने शिक्षकहरुको आन्दोलनका कारण ती दुई समेस्टरका विद्यार्थीको पढाइ अवरुद्ध भएको हो । आइतबार पढाइ अन्तर्गतकै सेमिनार चल्दाचल्दै आन्दोलनरत डाक्टरहरुले त्यसलाई अवरुद्ध गरेको विद्यार्थीले बताए ।

मनिपालमा कार्यरत ५५ जना नेपाली डाक्टरहरुले तलब वृद्धि, स्थायी, र सट्टाबिदा व्यवस्थापनको मागसहित आन्दोलन गरेका हुन् । यिनै माग पूरा गर्न आन्दोलित उनीहरु र कलेज व्यवस्थापनबीच ३ महिनासम्म पनि वार्ता हुन सकेको थिएन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.