'मत्स्यनीति चाँडै ल्याउँछौं’

'मत्स्यनीति चाँडै ल्याउँछौं’

काठमाडौः कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले मत्स्यपालन नीति ल्याउने बताएका छन् ।  मन्त्री चौधरीले थन्किएर बसेको मत्स्यपालन नीति चाँडै ल्याउन सरकार कटिबद्ध भएको प्रतिवद्वता व्यक्त गरे ।

माछापालनलाई व्यावसायिक बनाउन सरकारले छिट्टै छुट्टै ऋण सिफारिस समिति बनाउन लागेको उनले जानकारी दिए । कार्यक्रममा चितवन, झुवानीका थारु महिलाको नृत्यसंगै भृकुटीमण्डपमा आयोजित माछा महोत्सव समापन गरिएको छ ।

महोत्सवमा सिपी, शङ्खे किरा (घुङ्गीं) लगायत विभिन्नथरिका माछाको जिउँदो तथा तयारी परिकार बिक्रीमा राखिएको थियो ।

नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ ’ भन्ने अभियानकासाथ मङ्सिर ९ देखि सुरु भएको पाँचदिने महोत्सवको सोमबार समापन भएको हो ।

महोत्सव अवधिमा ४७ बिक्री कक्षबाट लगभग एक करोडभन्दा बढी कारोबार भएको सङ्घले जनाएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको यो तेस्रो महोत्सव हो । यसअघि विसं २०६९ र २०७१ मा राष्ट्रिय सभागृह र बानेश्वरमा पहिलो र दोस्रो महोत्सव सम्पन्न भइसकेका छन् ।

यसैबीच सरकारले आव २०७२/७३ को वार्षिक बजेटमा कृषकलाई वाणिज्य बैंकमार्फत छ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने प्रबन्ध मिलाएको थियो ।

महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, विभिन्न कम्पनीका औषधि, सरकारी तथा गैरसरकारी संस्थाका कृषि उपजका कक्षसमेत राखिएको थियो ।रासस

महोत्सवमा परिकारतर्फ उत्कृष्ट हुने व्यवसायीलाई जनही रु ५० हजार, ४०हजार, ३०हजार र २० हजार र प्रशंसापत्र प्रदान गरिएको थियो ।

राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान ४ दशमलव २२ प्रतिशत छ । आव २०७२÷७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीमा व्यावसायिक माछा उत्पादन कार्य भइरहेको छ ।

सङ्घका महासचिव जोगेन्द्र महतोले आव २०७२÷७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला, तथा तालबाट २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको जानकारी दिए ।

भारतबाट वर्षैपिच्छे ५४ हजारदेखि ६० हजारसम्म माछाको आयात हुने गरेको छ । गतवर्षको तुलनामा यसवर्ष २९ प्रतिशतले माछा आयातमा कमी आएको र गतवर्ष ११ हजार १८६ मेट्रिक टन माछा आयात भएकामा आव २०७२÷७३ को असार मसान्तसम्ममा सात हजार ८८२ मेट्रिक टन माछा उत्पादन भएको सङ्घले जनाएको छ ।

आव २०७२÷७३ असार मसान्तसम्म नौ हजार ९३४ हेक्टर जलाशयमा व्यावसायिक माछा उत्पादन भएको छ । माछा उत्पादनका लागि ३५ हजार व्यवसायी आबद्ध भएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.