काठमाडौं उपत्यकाबासीले अब लोडसेडिङको मार खेप्नु पर्दैनः मन्त्री शर्मा
भक्तपुरः ऊर्जा मन्त्री जनार्दन शर्माले अब काठमाडौं उपत्यकाबासीले लोडसेडिङको तालिका देख्नु नपर्ने बताएका छन्।
उनले उपत्यकाभित्र देखिएको विद्युत चुहावट रोकिएकाले अब काठमाडौं उपत्यकाबासीले लोडसेडिङको तालिका देख्नु नपर्ने बताएका हुन्।
रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले उपत्यकाभित्रको लोडसेडिङ अन्त्य गर्दै देशैभर यो अभियानलाई चलाउने तयारी गरिरहेको बताए। मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन ऊर्जा क्षेत्रको विकास अनिवार्य रहेको बताए।
फरक प्रसंगमा मन्त्री शर्माले स्थानीय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न नसक्ने बताए। उनले निर्वाचन रोकिए मुलुकमा राजनीतिक संकट देखा पर्नुका साथै प्राप्त उपलब्धिहरु समेत संकटमा पर्ने बताए।