सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने तयारी

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने तयारी

काठमाडौँः सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारीे गरेको छ ।

आयोगले आन्तरिक काम ९० प्रतिशत गरिसकेको र अनुसन्धानका लागि स्थानीयस्तरमा जानुपर्ने भएकाले आयोगले सात प्रदेश एक/एकवटा मुकाम खडा गरी काम सुरु गर्ने तयारी गरेको आयोगका सदस्य मञ्चला झाले जानकारी दिए ।

आयोगले सात प्रदेशमा मुकाम खडा गरेर काम गर्नका लागि आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा माग गरिसकेको र बजेट आउनेबित्तिकै सातै प्रदेशको अनुसन्धानको काम अघि बढाउने आयोगका सदस्य झाले जानकारी दिए ।

सात प्रदेशमा एक–एकवटा खडा गरिएको मुकाममा अनुसन्धानका लागि सहन्यायाधीवक्ताको संयोजकत्वमा आयोगले तीन सदस्यीय गठन गर्ने निर्णयसमेत गरिसकेको छ ।

सहन्यायाधिवक्ताको संयोजकत्वमा आयोगले सूचीकृत गरेको एक विज्ञ, स्थानीय निकायको एक विज्ञ गरी तीनजनाबाट अनुसन्धान सुरु गर्ने आयोगले निर्णय गरिसकेको आयोगका सदस्य झाले जानकारी दिए ।

आयोगमा हालसम्म ५७ हजार ७५३ उजुरी परेका छन् । आयोगले घटनाको वर्गीकरण गरिसकेको छ । त्यसमा जघन्य अपराध र अन्य खालका अपराधलाई समेत छुट्याएको छ ।

द्वन्द्वकालीन मुद्दाको न्यायिक निरुपण गर्न गठन गरिएको आयोगको दुई वर्षका समय सकिनै लाग्दा पनि ऐन संशोधन नहुँदा आयोगले काम गर्न असहज भएको सदस्य झाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.