अमेरिकी निर्वाचनमा गम्भीर जालसाजी र गैरकानुनी मतदान भएकाे ट्रम्पको दाबी

 अमेरिकी निर्वाचनमा गम्भीर जालसाजी र गैरकानुनी मतदान भएकाे ट्रम्पको दाबी

वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले ट्वीट गर्दै डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका छन् ।

क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका थिए । यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ । रिपब्लिकन पार्टीका अरबपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरेका छन् ।

विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका थिए । पुनः मतगणनाको कार्य हुन नदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरेका छन् । उनले यसघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गरेका थिए ।

निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिएका थिए । नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उनले त्यस्तो कुनै गुनासो गरेका छैनन् । ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाएका छन् ।

कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.