नाकाबाट गोरु पक्राउ

नाकाबाट गोरु पक्राउ

कपिलवस्तुः भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा सशस्त्रले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब सात लाख ५६ हजार रुपैयाँ मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो ।

पक्राउ गरिएका गोरु आवश्यक कानुनी कारवाहीका लागि कृष्णनगर भन्सार नाकामा बुझाइएको छ ।

तस्करीमा संलग्न कसैको पहिचान हुन नसकेको र सो कार्यमा संलग्न तस्करको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक चौधरीले बताए । भन्सार बुझाइएको गोरु आवश्यक प्रक्रिया पूरा गरी लिलाम गरिने कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.