स‌ंघीय गठबन्धनले संविधान संशोधन प्रस्तावबारे ठोस निर्णय लिन सकेन

स‌ंघीय गठबन्धनले संविधान संशोधन प्रस्तावबारे ठोस निर्णय लिन सकेन

काठमाडौँः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले सरकारसँग भएका वार्ताको समीक्षा गर्दै आगामी बैठकमा संविधान संशोधनका बारेमा ठोस निर्णय गर्ने भएको छ ।

सङ्घीय समाजवादी फोरमको कार्यालयमा सोमबार बसेको बैठकले सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्न ढिलो गरेको अवस्थामा लिने निर्णयका विषयमा समीक्षा गरिएको थियो ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो राजधानी बाहिर रहेकाले सोमबारको बैठकले ठोस निर्णय नभएको सद्भावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिए । उनका अनुसार सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दिएको १५ दिने समय सीमा सकिएपनि सबै नेता काठमाडौँमा नभएकाले ठोस निर्णय नभएको हो ।

‘बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड', काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका औपचारिक एवम् अनौपचारिक बैठकको समीक्षा भयो । आगामी बैठकले संशोधनको प्रस्ताव दर्ता भए त्यस विषयमा र नभए आन्दोलन गर्ने विषयमा निर्णय गर्ने जनाएको छ ।

त्यसैगरी सरकारले चाँडो संविधान संशोधनको प्रस्ताव दर्ता गरोस् भन्ने गठबन्धनको चाहना भएको बताउँदै आगामी रणनीतिका बारेमा अर्को बैठकले निर्णय गर्ने सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष तथा सङ्घीय गठबन्धनका सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.