प्रचण्डको व्यस्तताले माओवादी केन्द्रको बैठक स्थगित
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तताका कारण नेकपा माओवादी केन्द्रको सोमाबार लागि तय भएको पोलिटब्युरो बैठक स्थगित भएको छ ।
संविधान संशोधन विषय लगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष व्यस्त भएपछि बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री सो कार्यक्रमलगत्तै अन्य आन्तरिक काममा व्यस्त भएकाले बैठक मङ्गलबार बिहान ११ बजेका लागि तय गरिएको उनले जानकारी दिइन् ।
बैठकमा संविधान संशोधन, तीनमहिने जनपरिचालन अभियान सञ्चालन तथा सरकारको काम कारबाहीका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ । रासस