हिमपहिरोमा परी मृत्यु
सोलुखुम्बुः सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ ।
भूकम्पलगत्तै हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ । रासस